क्यानेडियन सभामुख फ्युरीद्वारा सभामुख सापकोटालाई भेट्न अस्वीकार « Khabarhub

क्यानेडियन सभामुख फ्युरीद्वारा सभामुख सापकोटालाई भेट्न अस्वीकार


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमणमा रहेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्न अस्वीकार गरेका छन ।

दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आई पुगेका सभामुख फ्युरीले पूर्वनिर्धारित कार्यतालिकामा समावेश नभएको भन्दै सभामुख सापकोटालाई भेट्न अस्वीकार गरेका हुन ।

संसद सचिवालयका सचिव डा.भरतराज गौतमका अनुसार प्रतिनिधि सभाका सभामुख रिक्त रहेकै बेला क्यानेडिएन सभामुख फ्युरीको नेपाल भ्रमण तय भएकाले सोही कार्यतालिका अनुसार मात्रै भेटघाट भएको जानकारी दिए ।

सभामुख सापकोटाको द्वन्द्वकालिन मुद्दा सर्बोच्च अदालतमा बिचाराधिन रहेकाले भेट्न अस्वीकार गरेको समाचारहरु बाहिरिरहँदा त्यस्तो कारण भने नभएको गौतमले बताए ।

यद्यपी नकारात्मक सन्देश जान सक्ने भन्दै फ्युरी र सापकोटाबीच भेटघाटको प्रयत्न भइरहेको बुझिएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ९:३० बजे नेपाल आएका क्यानेडियन सभामुख फ्युरीले १२ बजे राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग भेटघाट गरी एक अर्काको अनुभव साटासाट गरेका छन ।

उनले दिउँसो २ बजे डाकिएको राष्ट्रियसभाको बैठक अवलोकन गर्नेछन्। त्यसलगत्तै नेपाल-क्यानडा संसदीय मैत्री समूहसँग भेट गर्ने कार्यक्रम तय भएको छ।

फ्युरीले स्वदेश फर्कन अघि म‌ङ्‌गलबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गर्ने कार्यतालिका छ ।

 

 

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : १२ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा