महेन्द्र कुमार लामाले जिते वेस्टर्न युनियनबाट नगद १० लाख पुरस्कार « Khabarhub

महेन्द्र कुमार लामाले जिते वेस्टर्न युनियनबाट नगद १० लाख पुरस्कार


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रवर्द्धन  योजनाअन्तर्गत बम्पर लक्की ड्रको विजेता घोषणा गरेको छ । एक कार्यक्रमकाबीच भएको लक्की ड्रमा महेन्द्र कुमार लामाले नगद १० लाख जितेका छन् ।

यो प्रवर्द्धन दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो । जहाँ ग्राहकहरुले हरेक हप्ता आफूले प्राप्त गरेको रकमको दोब्बर (बढिमा ५०,००० सम्म) जित्ने अवसर पाएका थिए । प्रवर्द्धन अवधिभरका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबार बाहेक_ लाई स्वाचालित रुपमा बम्बर लक्की ड्रमा समावेश गरिएको थियो ।

यो प्रवर्द्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन तोकिएका अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने छ ।

वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले सम्पूर्ण विजेताहरुलाई बधाई दिँदै भने, ‘सबै ग्राहकहरुप्रति आभारी छु जसले आफुले कडा मिहेनत गरेर कमाएको पैसा आफ्ना नेपालमा रहेको परिवारसम्म पुर्‍याउन वेस्टन युनियनमा विश्वास राख्दछन् । यहि विश्वासले हामी र हाम्रा एजेन्टहरुलाई विभिन्न ग्राहकहरुको आवश्यकतालाई पूरा गर्न निरन्तर समाधान प्रदान गर्न प्रत्सोहान गर्दछ ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ४ : ०१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको