बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु « Khabarhub

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको नरहा गाउँपालिका–५ स्थित पानबारी चोकमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुबाहक बसले सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा सिरहा नगरपालिका–३ निवासी ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जन्तीबाट घर फर्किदै गरेको अवस्थामा दुर्घटनामा परी गम्भीर घाइते दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ४ : ४५ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने