मलेसियाले पाकिस्तानी सुरक्षा गार्ड लैजाने, नेपालमा खेलाबैला ! « Khabarhub

मलेसियाले पाकिस्तानी सुरक्षा गार्ड लैजाने, नेपालमा खेलाबैला !


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको मलेसियाले १ लाखभन्दा बढी सुरक्षा गार्ड लैजाने गरी पाकिस्तानसँग वार्ता गरिरहेको छ । यो खबरसँगै नेपाली श्रम बजार प्रभावित हुनसक्ने भन्दै चर्चा चलेको छ ।

मलेसियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचले पाकिस्तानी पत्रिका द नेसनसँग यसअघि नेपालसँग हुने गरेको सुरक्षागार्डको सम्झौतामा अहिले परिवर्तन भएको र त्यसको फाइदा पाकिस्तानले उठाउने बताएकी हुन् ।

यद्यपि व्यवसायीहरू भने अहिलेसम्म नेपाली सुरक्षागार्डका कोटामा कुनै असर नपरेको बताउँछन् ।

गत डिसेम्बरमा नेपाल आएका मलेसियाको सेक्युरीटी सङ्गठनका अधिकारीहरूले सुरक्षागार्ड तालिम केन्द्रहरू बनाएर लैजाने बताएको वैदेशिक रोजगार व्यावसायी सङ्घ नेपालले जनाएको छ ।

नेपालले मलेसियासँग शून्य लागतमा कामदार लैजाने सहमति गरेकाले ’बीचमा स्वार्थ राख्ने एजेन्टहरूले’ त्यस्तो अवस्थाको सिर्जना गराउन खोजेको हुनसक्ने व्यवसायीहरू बताउँछन् ।

पाकिस्तानमा सेना र प्रहरीको अनुभव सँगालेका जनशक्ति धेरै रहेको बताइन्छ । मलेसिया नेपालीजस्तै पाकिस्तानीहरूका लागि एउटा प्रमुख श्रम गन्तव्य हो ।

नेपालबाट सुरक्षागार्डमा जानेहरू पूर्वसेना वा पूर्पप्रहरी मात्र नभएर आधारभूत तालिम मात्र लिनेहरू समेत छन् ।

मलेसियाको अन्त नजर ?

नेपालीहरूका लागि १५ महिना रोकिएको मलेसिया रोजगारी सेप्टेम्बरबाट खुले पनि अधिकारी एवम् व्यवसायीहरू त्यसका असरहरू पछिल्ला विकासक्रमसँगै देखिएको स्वीकार्छन् ।

सेप्टेम्बरमा कामदार पठाउने बाटो खुले पनि केही साता अघिसम्म अधिकांश पुराना स्वीकृतिका नेपालीहरू मात्र गएको व्यवसायीहरू बताउँछन् ।

रोजगारदाताहरू नेपालसँगको सम्झौतामा समेटिएका पछिल्लो व्यवस्था र कार्यशैलीले गर्दा विभिन्न संशय मानिरहेको समेत ठान्छन् ।

सुरक्षागार्डमा गोर्खा ब्रान्ड

सुरक्षागार्डमा नेपालीहरूको पहिचान मलेसिया, हङकङ, मकाउ र मध्यपूर्वका थुप्रै देशमा राम्रो छ ।

अझ मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्नो युवा अवस्थादेखि नै गोर्खा गार्ड्सका रूपमा नेपालीहरूको राम्रो प्रभाव देखेका हुँदा उनको सद्भाव नेपालीप्रति उच्च रहेको जानकारहरू बताउँछन् ।

अहिलेको अवस्थामा पाकिस्तानीहरूले त्यहाँ पुगेर राम्रो काम गर्न थाले भने नेपाली सुरक्षागार्डले बनाएको पहिचानमा दीर्घकालीन असर पर्ने विज्ञहरूको चिन्ता छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : ३६ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट