ऐन र नियमावली संशोधन गर्न बेपत्ता आयोगको सुझाव « Khabarhub

ऐन र नियमावली संशोधन गर्न बेपत्ता आयोगको सुझाव


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संक्रमणकालीन न्याय निरुपणका लागि ऐन र नियमावली संशोधन गर्न सरकारलाई सुझाव पठाएको छ ।

आयोगको आइतबार बसेको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन–२०७१ र नियमावली, २०७२ संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुझाव पठाएको आयोगका प्रवक्ता ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा संक्रमणकालीन न्याय निरुपणमा सर्वोच्च अदालतबाट भएका फैसलाले प्रतिपादन गरेका नजीर, सिद्धान्त एवं अन्तरराष्ट्रिय कानून, अभ्यास र मान्यताअनुकूल छानबिन, परिपूरण लगायतका प्रक्रियामा पीडितको सहभागिता सुनिश्चित हुने गरी ऐन संशोधन गर्नुपर्ने माग गरेको छ ।

पीडितको न्याय पाउने अधिकारलाई बृहत क्षेत्राधिकारबाट मात्र सम्बोधन गर्न सकिने भएकाले आयोगको अधिकार क्षेत्र, सक्षमता, स्वायत्तता, स्रोतसाधनका विषयमा कानूनमा समूचित व्यवस्था गर्नुपर्ने ठहर गरी पीडितलाई अझ पीडाभन्दा पनि न्याय दिनुपर्नेमा जोड दिइएको छ ।

पीडितले न्याय पाउने अधिकार सुनिश्चित पीडितले दिएका सुझावलाई पनि सम्बोधन हुने गरी कानून संशोधन हुनुपर्नेमा जोड दिँदै आयोगले छानबिन, न्याय, परिपूरणलगायत सङ्क्रमणकालीन न्यायका सबै पक्ष र पीडितसँग निकट रहेका काम गर्न सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : ४१ बजे

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने