ऐन र नियमावली संशोधन गर्न बेपत्ता आयोगको सुझाव | Khabarhub Khabarhub

ऐन र नियमावली संशोधन गर्न बेपत्ता आयोगको सुझाव


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संक्रमणकालीन न्याय निरुपणका लागि ऐन र नियमावली संशोधन गर्न सरकारलाई सुझाव पठाएको छ ।

आयोगको आइतबार बसेको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन–२०७१ र नियमावली, २०७२ संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुझाव पठाएको आयोगका प्रवक्ता ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा संक्रमणकालीन न्याय निरुपणमा सर्वोच्च अदालतबाट भएका फैसलाले प्रतिपादन गरेका नजीर, सिद्धान्त एवं अन्तरराष्ट्रिय कानून, अभ्यास र मान्यताअनुकूल छानबिन, परिपूरण लगायतका प्रक्रियामा पीडितको सहभागिता सुनिश्चित हुने गरी ऐन संशोधन गर्नुपर्ने माग गरेको छ ।

पीडितको न्याय पाउने अधिकारलाई बृहत क्षेत्राधिकारबाट मात्र सम्बोधन गर्न सकिने भएकाले आयोगको अधिकार क्षेत्र, सक्षमता, स्वायत्तता, स्रोतसाधनका विषयमा कानूनमा समूचित व्यवस्था गर्नुपर्ने ठहर गरी पीडितलाई अझ पीडाभन्दा पनि न्याय दिनुपर्नेमा जोड दिइएको छ ।

पीडितले न्याय पाउने अधिकार सुनिश्चित पीडितले दिएका सुझावलाई पनि सम्बोधन हुने गरी कानून संशोधन हुनुपर्नेमा जोड दिँदै आयोगले छानबिन, न्याय, परिपूरणलगायत सङ्क्रमणकालीन न्यायका सबै पक्ष र पीडितसँग निकट रहेका काम गर्न सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : ४१ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

कोपा अमेरिका : उरुग्वेको विजयी सुरुवात

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ ।

वातावरणीय प्रभावले जनस्वास्थ्यमा गम्भीर समस्या : समाधान के छ ?

विगतका वर्षमा भन्दा यो वर्ष गर्मी बढी हुँदा जनस्वास्थ्यमा विभिन्न

रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु

काठमाडौं– रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक