कोरोनाभाइरस : मृतकको संख्या ४ हजार नाघ्यो, ४६ हजारको उपचार जारी « Khabarhub

कोरोनाभाइरस : मृतकको संख्या ४ हजार नाघ्यो, ४६ हजारको उपचार जारी


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५  पुगेको छ ।

कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ ।

४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय १३ वटा मुलुकमा उपचार भइरहेको छ ।

संक्रमित भएका १ लाख १४ हजार २ सय ९९ मध्ये ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ४ सय ६३ जनाको मृत्यु भएको छ । थप ९७ जना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ४ सय ६३ पुगेको हो ।

इटालीमा सेनाप्रमुखलाई समेत कोरोनाभाइरसको संक्रमण भएको समाचारहरु सार्वजनिक भएका छन् । अरु १७ सय ९७ जना संक्रमित थपिएपछि संक्रमण हुने व्यक्तिको संख्या ९ हजार १ सय ७२ पुगेको छ ।

अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखे पनि कोरोनाभाइरसको महामारी अझ बढेपछि इटाली सरकार चिन्तित बनेको छ ।

यस्तै इरानमा कोरोना भाइरसका कारण २ सय ३७ जनाको मृत्यु भएको छ । ७ हजार १ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा थप १ सय ६५ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ । मृतकको संख्या ५३ छ ।

यस्तै फ्रान्स र स्पेनमा कोरोनाभाइरसबाट ३०/३० जनाको मृत्यु भएको छ भने अमेरिकामा मृतक हुनेको संख्या २६ पुगेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : ३९ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको