आगामी तीन दिन मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावनाः मौसम विभाग « Khabarhub

आगामी तीन दिन मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावनाः मौसम विभाग


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  नेपालमा पश्चिमी वायूको प्रभावका कारण केही दिन मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तिन दिनको मौसमको पूर्वानमान जारी गर्दै आज विहान देशको केही पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

विभागले पूर्वी तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २७ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पूर्वी तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन २८ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन २९ गते (बिहिबार)

दिउँसोः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : ५४ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी