भारतको राजनीतिमा उथलपुथलको संकेत, २० मन्त्रीले दिए सामुहीक राजीनामा « Khabarhub

भारतको राजनीतिमा उथलपुथलको संकेत, २० मन्त्रीले दिए सामुहीक राजीनामा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा राजनीतिक उथलपुथलको संकेत देखिएको छ ।

 २० जना मन्त्रीहरूले एकैसाथ राजीनामा दिएसँगै त्यहाँ राजनीतिक उथलपुथलका संकेत देखिएको हो ।

अवेर राति कमलनाथद्वारा बोलाइएको क्याबिनेट बैठकमा २० मन्त्रीले राजीनामा बुझाएका छन् । यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो ।

भारतीय कांग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिंधिया समर्थक मन्त्री र विधायकसहित २० जनाको टोली गोप्यरूपमा बेंगलोर पुगेर राजनीतिक शक्ति समीकरणको अभ्यासमा लागेको समेत खुलेको छ ।

यसले मध्यप्रदेशको राजनीतिमा उथलपुथलको संकेत देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ अचानक दिल्ली पुगेलगत्तै राजनीतिक परिदृष्यले नयाँ मोड लिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ९ : ५५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति