भारतको राजनीतिमा उथलपुथलको संकेत, २० मन्त्रीले दिए सामुहीक राजीनामा « Khabarhub

भारतको राजनीतिमा उथलपुथलको संकेत, २० मन्त्रीले दिए सामुहीक राजीनामा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा राजनीतिक उथलपुथलको संकेत देखिएको छ ।

 २० जना मन्त्रीहरूले एकैसाथ राजीनामा दिएसँगै त्यहाँ राजनीतिक उथलपुथलका संकेत देखिएको हो ।

अवेर राति कमलनाथद्वारा बोलाइएको क्याबिनेट बैठकमा २० मन्त्रीले राजीनामा बुझाएका छन् । यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो ।

भारतीय कांग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिंधिया समर्थक मन्त्री र विधायकसहित २० जनाको टोली गोप्यरूपमा बेंगलोर पुगेर राजनीतिक शक्ति समीकरणको अभ्यासमा लागेको समेत खुलेको छ ।

यसले मध्यप्रदेशको राजनीतिमा उथलपुथलको संकेत देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ अचानक दिल्ली पुगेलगत्तै राजनीतिक परिदृष्यले नयाँ मोड लिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ९ : ५५ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको