तोलामा २०० रुपैयाँ बढ्दा इतिहासकै महङ्गो भयो सुन « Khabarhub

तोलामा २०० रुपैयाँ बढ्दा इतिहासकै महङ्गो भयो सुन


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन मंगलबार (सोमबार बन्द भएको) बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ ।

मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।  आइतबार ८२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ८२ हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजार ४ सय रुपैयाँ कायमा भएको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । मंगलबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

चाँदी भने मंगलबार १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ११ : १० बजे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क