ललितपुरमा मूर्ति बनाउने मजदुरको हत्यामा संलग्न अभियुक्त ७ महिना पछि पक्राउ « Khabarhub

ललितपुरमा मूर्ति बनाउने मजदुरको हत्यामा संलग्न अभियुक्त ७ महिना पछि पक्राउ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको बालकुमारीमा मूर्ति बनाउने काम गर्दै आएका मजदुरको हत्या गरेर फरार भएका व्यक्ति ७ महिना पछि पक्राउ गरेका छन् ।

उदयपुरको कटारी नगरपालिका–२ गरास घर भइ ललितपुरको बालकुमारीमा मूर्ति बनाउने काम गर्दै आएका ३३ वर्षीय हरि खड्का २८ साउन २०७६ मा मृत फेला परेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा खड्कामाथि घटना भएको ३ दिन अगाडि (२५ साउन २०७६)मा कुटपिट भएको भेटिएको थियो । खड्गालाई मकवानपुरको गढी गाउँपालिका–१ घर भएका कुमार थिङ भन्ने मान कुमार थिङसहितका व्यक्तिले निर्घात कुटपिट गरी घाइते बनाएर छाडेका थिए ।

थिङसहितका व्यक्तिको कुटपिटबाट खड्काको मृत्यु भएको प्रहरीले निष्कर्श निकालेको थियो ।

प्रहरीले कुटपिटमा संलग्नमध्येका १ जना अभियुक्तलाई ७ महिना पछि आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–१ पिङडाँडा घर भएका १९ वर्षीय धने भन्ने आरुष थिङ छन् ।

काठमाडौंबाट खटिएको महानगरीय अपराध मशाखाको टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले थिङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थिङलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : ४१ बजे

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय