परम्परागत संस्कृति बचाउन विदेसिएका युवालाई फर्काउ सरकार ! | Khabarhub Khabarhub

परम्परागत संस्कृति बचाउन विदेसिएका युवालाई फर्काउ सरकार !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आशुतोष झा नवीन

जनकपुर- विगतका समयमा हाम्रो मुलुकको कतिपय परम्परागत संस्कृतिहरु हेर्दाहेर्दै हराउन थालेका छन् । सदियौंदेखि चल्दै आईरहेको संस्कृति लोप भैइरहेका छन् । त्यसका धेरै कारण छन् । पहिलो कारण हाम्रो समाजमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानु तथा परम्परागत संस्कृति संरक्षणमा ध्यान नै नदिनु हो ।

दोस्रो कारण गाउँगाउँबाट युवा जति सबै बिदेशिनु हो । यसको उदाहरणका रुपमा होली पर्वमा मधेसमा खेलिने होरी – होरैयालाई लिन सकिन्छ ।

आजभोलि होली पर्व आईसक्दा पनि मधेसमा मध्यरातसम्म डम्फा र ढोलसँगै जोगिरा सरररर(होरी) गाउने युवा टोली नै देखिएनन् । कुनैबेला युवा जति सवै आफ्नै गाउँठाउँमा बस्दा होलैया र जोगिराका धुनहरू मधेसमा मध्यरातसम्म पनि सुनिन्थ्यो तर अहिले त्यो विरलै हेर्न र सुन्न पाईन्छ ।

यदाकादा कहिँकतै कुनै गाउँठाउँमा होरी होरैया गाईरहेको हेर्नपाईन्छ। परम्परागत संस्कृति धर्म कर्म हराउँदै जादा प्रायजसोले आफ्नो सभ्यताप्रति नै ध्यान नदिदा आजभोलि होरीहोरैया गीत गाउने भन्दा बढी आधुनिक जामानाको ठुलो ठुलो साउन्ड स्पीकर बक्समा अश्लील भोजपुरी गीत बजाईरहेको जताततै सुन्न पाईन्छ ।

न त्यहाँ सुर हुन्छ नत ताल कुनै किसिमको सिर्जनात्मक कुरा हुँदैन तर पनि त्यही अश्लील गीतमै मानिसहरु रमाइरहेका हुन्छन् । मधेसमा होली पर्वको अवसरमा गाईने होरी होरैया लाई हामीले मौलिक संस्कृति झल्काउने पर्वको रुपमा लिदै आएका छौं ।

विभिन्न रङ्गले भरिएको पर्वका रूपमा परिचित होलीको रमाइलो पक्ष डम्फा ढोलकसहितको होरी र होरैया पनि हो तर अहिले आएर होरी होरैया कम र होलीमा भोजपुरी अश्लील गीतसंगै विकृति बढी देखिन थालेको छ ।

जताततै मदिरा सेवनगरि भोजपुरी गीतहरु अर्थात अश्लील गीत रामाउने प्रवृति बढेर गएको छ। यस्तो प्रवृतिका कारण झैझगडा बढी हुने तथा सामाजिक सदभाव माथि नै असर पर्छन् ।

पहिलापहिला होली पर्वमा होरी र होरैया गाउने हरुको प्रत्येक टोलबस्ती गाउँगाउँमा विभिन्न युवाहरुको टोली समिति हुन्थ्यो र समितिले गाउँभरी सबैको घर दुरामा गएर होरि होरैया गाउने गर्थे । त्यसले गर्दा समाजिक सदभावमा पनि मद्द्त पुग्दथ्यो।

परम्परागत बाजा डम्फा ढोलक को साथमा समूहमा मिलेर गाइने गीत हो— होरी र होरैया। यसमा एक जना गाउने हुन्छ भने समूहका अन्य साथीहरूले जोगिरा सररररररर भनेर गाउनेलाई साथ दिन्छन् । खासगरी होरी–होरैया मार्फत होली खेल्न गएको घरमा उक्त घरको वर्णन गर्दै आउनुको कारण खुलाएर होरि होरैया गाएर होली खेल्ने चलन छ ।

तर अब त्यस्तो छैन । अब कोहि कसैको घरमा प्रायः जसो समुह बिनाको होरिहोरैया बिना होली खेल्न जान्छन् ।
हे ड्म्फा के चोट महल बिच पहुचए, सुतली गोरिया चहकी उठए एहि फागुन मे…प्रदेसियाके चिट्ठीया लिखेए गोरिया एहि फागुनमे..।

अर्थात डम्फाको अवाज घरमा पुगेपछि निदाएकी सुन्द्री निन्द्रा फागुनमा भङ्ग हुन्छ र प्रदेशमा रहेका प्रियलाई होली खेल्न पत्र लेख्छिन । प्रिय् र प्रियसी बीचको सुमधुर संगम भावनालाई जगाउछ। अब यस्ता गीत गाउने युवा गाउँमा छैनन् प्रायः जसो बस्तीमा युवा छैनन् युवा उमेर भन्दा माथिका मानिस छ्न तथा वृद्धवृद्धा छ्न ।

सरकारले आफनै देशमा गाउँठाउँमा काम गर्ने अवसर सृजना नगरे पछि गाउँघरका लगभग युवाहरु बिदेश गएको हामी सबैलाई थाहा नै छ। हिजो देशमा एकखाल को संकट थियो । त्यस समय क्रममा सत्तामा बस्ने सरकारले संकटकालिन समयमा देशमा विकासको कामकाज रोजगारको लागि नयाँ कलकारखाना खोल्न सकेनन् र पुरानालाई साफसाफ बन्द अर्थात ठप्प नै बनाइए ।

धेरै संघर्ष पश्चात् मुलुकले नयाँ संविधान मार्फ लोकतान्त्रिक गणतन्त्र पायो। अहिले केन्द्र र प्रदेश स्तरमा नयाँ सरकार गठन भएको लगभग २० बीस महिना भन्दा बढी भैसकेको छ। करिब दुईदशकसम्म स्थानीय निकायको चुनाव भएको थिएन र आज सबै स्थानीय निकायले जनप्रतिनिधि पाएको धेरै समय भैसकेको छ।

अब देशमा कुनै संकट छैन तर पनि अहिलेको सरकार र जनप्रतिनिधिले बिदेशीएका युवाहरूलाई फर्काउन स्वदेशमै रोजगारी सिर्जना गर्ने कुनै काम गरेको छैनन् । जताततै केन्द्र सरकार, प्रदेश सरकार देखि स्थानीय निकाय सम्मको जनप्रतिनिधिले करोडौं लुटेको भ्रष्टाचार गरेको समाचार दिनहु आईरहेकै हुन्छ्न।

विकास र रोजगार उपर कुनै तहको सरकारसँग नयाँ एजेन्डा योजना छैनन् । कुनै पनि देशको सरकारले आफ्नै युवालाई देशमा काम नदिई लेवर भिजा खाडी मुलुक पठाउन लाई विभिन्न बैंक मार्फत ऋण उपलब्ध गराउदैनन होला तर प्रदेश २ सरकारले त आफ्नो प्रदेशको जवानी सम्हाल्न नसक्दा युवाहरूलाई सात समुन्द्र पारी खाडी मुलुकमा काम गर्न पठाउन ऋण समेत उपलब्ध गराउन शुरु गरेको छ।

देशमै रोजगार पाउने स्थिति नभए युवाहरु आफ्नै गाउँ फर्किन नसक्नु दु:खको कुरा हो। युवा नै गाउँमा नभए पछि आज परम्परागत संस्कृततिहरु लोप भईरहेको छ। आज होरि र होरैया गाउने युवा गाउँमा हैन खाडीमा छन् र हाम्रो सरकारले संस्कृति रक्षाका निम्ति ठुला ठुला गफ हाक्छ्न। परम्परागत संस्कृति रक्षा गर्नु छ भने विदेश बसेका युवा लाई स्वदेशमै फर्काउ सरकार !

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : ४७ बजे

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा– झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

चलचित्र समीक्षा : साम्बालाको सौन्दर्य

मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित