जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोग बिहीन « Khabarhub

जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोग बिहीन


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको भीमादस्थि प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा २ वर्षदेखि प्रयोग बिहीन भएको हो ।

स्वास्थ्य केन्द्रमा दैनिक ६०/७० जना बिरामी उपचारको लागि आउने गरेका छन् भने त्यसमध्ये लगभग १०/१५ जना एक्सरे गर्नुपर्ने भएपनि उनीहरुलाई सेवा दिन नसकिएको केन्द्रका प्रमुख डा प्रकाश नेपालीले बताए । उनले भने, ‘एक्सरे गर्नुपर्ने बिरामीलाई सिधैँ पोखरा पठाउँदै आएका छौँ ।’

भीमाद बजार क्षेत्रमा समेत रेडियोलोजिष्ट नहुँदा सेवाग्राहीले गुणस्तर सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्य केन्द्रमा स्याङ्जाको चित्रेभञ्ज्याङ, घिरिङ, ऋषिङ, पाटनलगायतका क्षेत्रबाट बिरामी उपचारको लागि आउने गरेका छन् । पछिल्लो समय बीमा गरी उपचारको लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको डा नेपालीले बताए ।

‘नेपाल सरकारबाट प्राप्त ६३ किसिमका औषधि निःशुल्क रुपमा वितरण गर्दै आएका छौँ । व्यवस्थापन समितिद्वारा निर्णय गरी बीमा नगरेका अन्य बिरामीका लागि फार्मेसीमा औषधि खरिद गर्दा ८ प्रतिशत छुटको व्यवस्था गरिएको छ,’ उनले भने । डा नेपालीका अनुसार गत आर्थिक वर्षमा रु १३ लाखको औषधि खपत भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

उक्त स्वास्थ्य केन्द्रमा चौबिसै घण्टा सेवा दिँदै आएइको छ । उनले भने, ‘डेलिभरी, आँखा उपचार, आकस्मिक लगायतका सेवा चौबिसै घण्टा दिँदै आएका छौँ ।’

बिरामीको लागि फार्मेसीमा औषधि नभए मगाएर भए पनि सेवा दिने गरिएको र केन्द्रलाई १५ श्यया क्षमताको बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : ५४ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा