सार्वजनिक बिदाको दिन प्रहरीका ५ जना डीएसपीको काज सरुवा « Khabarhub

सार्वजनिक बिदाको दिन प्रहरीका ५ जना डीएसपीको काज सरुवा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालयलले सार्वजनिक बिदाको दिन ५ जना नायव उपरीक्षक (डीएसपी)हरुको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार (होलीको सार्वजनिक बिदा भएको दिन) ५ जना डीएसपीको काज सरुवा गरेको हो ।

काज सरुवा हुने डीएसपीहरुमा महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी रमेश सिंह, जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्की, प्रहरी प्रधान कार्यालयका डीएसपी मदन कुँवर, डीएसपी भरत श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी प्रतिकसिंह राठौर छन् ।

महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी सिंहलाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागमा काज सरुवा गरिएको छ भने उनको ठाउँमा रौतहटको डीएसपी कार्कीलाई खटाइएको छ ।

रौतहटमा डीएसपी भरत श्रेष्ठलाई सरुवा गरिएको छ । यस्तै, डीएसपी मदन कुँवरलाई सर्लाही सरुवा गरिएको छ भने सर्लाहीका डीएसपी प्रतिकसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा खटाइएको छ ।

सामान्यतः सार्वजनिक बिदाको दिन कर्मचारीको काज सरुवा गरिने चलन छैन । तर, हालै मात्र प्रहरी महानिरीक्षक नियुक्त भएका ठाकुर प्रसाद ज्ञवालीले ‘आफ्नो सहजता’का लागि ५ जना डीएसपीहरुको काज सरुवा गरेका प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  २ : ११ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा