सार्वजनिक बिदाको दिन प्रहरीका ५ जना डीएसपीको काज सरुवा « Khabarhub

सार्वजनिक बिदाको दिन प्रहरीका ५ जना डीएसपीको काज सरुवा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालयलले सार्वजनिक बिदाको दिन ५ जना नायव उपरीक्षक (डीएसपी)हरुको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार (होलीको सार्वजनिक बिदा भएको दिन) ५ जना डीएसपीको काज सरुवा गरेको हो ।

काज सरुवा हुने डीएसपीहरुमा महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी रमेश सिंह, जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्की, प्रहरी प्रधान कार्यालयका डीएसपी मदन कुँवर, डीएसपी भरत श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी प्रतिकसिंह राठौर छन् ।

महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी सिंहलाई प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागमा काज सरुवा गरिएको छ भने उनको ठाउँमा रौतहटको डीएसपी कार्कीलाई खटाइएको छ ।

रौतहटमा डीएसपी भरत श्रेष्ठलाई सरुवा गरिएको छ । यस्तै, डीएसपी मदन कुँवरलाई सर्लाही सरुवा गरिएको छ भने सर्लाहीका डीएसपी प्रतिकसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा खटाइएको छ ।

सामान्यतः सार्वजनिक बिदाको दिन कर्मचारीको काज सरुवा गरिने चलन छैन । तर, हालै मात्र प्रहरी महानिरीक्षक नियुक्त भएका ठाकुर प्रसाद ज्ञवालीले ‘आफ्नो सहजता’का लागि ५ जना डीएसपीहरुको काज सरुवा गरेका प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  २ : ११ बजे

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको

सहरी सरसफाइ र स्वच्छता कायम गराउने प्रक्रियामा गल्ती गर्ने छुट छैन : सुनिता डंगोल

काठमाडौं – महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको