नेपाल एयरलाइन्सद्वारा कतार उडान स्थगित « Khabarhub

नेपाल एयरलाइन्सद्वारा कतार उडान स्थगित


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमाथि अस्थायी प्रतिवन्ध लगाएपछि निगमले दोहा उडान स्थगित गरेको हो ।

नेपाल एयरलाइन्सले हालसम्म दैनिक रुपमा दोहा उडान भर्दै आएको थियो । हालका लागि भने आज (मंगलबार)देखि अर्को व्यवस्था नभएसम्मका लागि उडान स्थगित गर्ने निर्णय गरिएको निगमले जानकारी दिएको छ ।

निगमले २६ फागुन २०७६ र त्यसभन्दा पछिका उडानका लागि टिकट काटेका यात्रुको पूरै रकम फिर्ता गर्ने भएको छ ।

यसअघि दोहामा उडान भर्दै आएको अर्को नेपाली कम्पनी हिमालय एयरलाइन्सले पनि आफ्नो उडान स्थगित गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  २ : ३६ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ