बी डिभिजन लिग– सातदोबाटो युथ क्लबलाई चौथो जीत « Khabarhub

बी डिभिजन लिग– सातदोबाटो युथ क्लबलाई चौथो जीत


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा मंगलबार भएको खेलमा सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत हासिल गरेको हो ।

यसअघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई पराजित गरेको थियो । सातदोबाटोको जीतमा भुवन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । जीतसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले चार खेलमा १२ अङ्क जोडेको छ ।

यता पुल्चोकको भने यो लगातार चौथो हार व्यहोर्नु परेको छ । लिगको पुछारमा रहेको पुल्चोकले अहिलेसम्म अङ्क जोड्न सकेको छैन । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा विभिन्न १२ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने एक टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने अन्तिम स्थानमा रहने एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ४ : १८ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको