घरमा तयारी नपुगेका कारण भएन प्रधानमन्त्री ओलीको डिस्चार्ज « Khabarhub

घरमा तयारी नपुगेका कारण भएन प्रधानमन्त्री ओलीको डिस्चार्ज


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेर अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्जका लागि तयार भएपनि उनको निजी निबासमा आवश्यक तयारी नपुगेका कारण अस्पतालमै राखिएको जनाइएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएका बताएका छन् । तर, उनको निजी निबासमा आवश्यक तयारी नपुगेको र अहिलेकै अवस्थामा संक्रमण हुने खतरा रहेकाले केही दिन अस्पतालमै राखिएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्या सिंहले घरमा आवश्यक तयारी गर्नु परेका कारण प्रधानमन्त्री ओलीलाई डिस्चार्ज नगरी अस्पतालमै राखिएको बताएकी हुन् ।

डा‍ सिंहले परिवारका सदस्यहरुले घरमा आवश्यक तयारी गर्नुपर्ने भएकाले केही दिन डिस्चार्ज नगरी अस्पतालमै राखिदिन भनेर अनुरोध गरेको सुनाइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ४ : २४ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र