कतारको श्रम स्वीकृति र भिसा सेन्टरको सेवा बन्द « Khabarhub

कतारको श्रम स्वीकृति र भिसा सेन्टरको सेवा बन्द


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीको लागि कतार जानेहरुलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । श्रम कार्यालय ताहचलले मंगलबार एक विज्ञप्ती जारी गदै कतारका लागि श्रम स्वीकृति बन्द गरेको जानकारी दिएको हो ।

कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै श्रम स्वीकृति दिन बन्द गरिएको कार्यलयको विज्ञप्तीमा भनिएको छ । कतारबाट अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै श्रम स्वीकृति दिन बन्द गरिएको श्रम कार्यालय ताहचलका प्रमुख उमेश बस्नेत जानकारी दिए ।

नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि मंगलबारबाट बन्द भएको छ । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले बताएका छन् ।

कतारको इमिग्रेशनले नेपालमा रहेको भिसा सेन्टरबाट हुँदै आएको काम तत्कालका लागि बन्द गर्न निर्देशन दिएकोले हाललाई नयाँ प्रक्रियाको सबै सेवा बन्द गरिएको क्षेत्रीले बताए ।

तर यसअघि मेडिकल प्रक्रिया गरेकाहरुको लागि पुनः मेडिकल गर्नुपर्ने भएमा भने सेवा दिइने उनले बताए । गत जेठ १५ गते देखि राजधानीको महाराजगंजस्थित चक्रपथमा कतारको भिसा  सेन्टर सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ४ : ४९ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको