कोरोना भाइरस नेपालमा आउँदै नआओस् भनेर प्राथना गरौं: दीपाश्री « Khabarhub

कोरोना भाइरस नेपालमा आउँदै नआओस् भनेर प्राथना गरौं: दीपाश्री


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसारभरि प्रभाव पारेको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि त्रास फैलाएको छ । अरू क्षेत्रमा झैँ फिल्म क्षेत्रमा पनि यसको असर छ ।

रिलिजका क्रममा रहेका केही फिल्मको मिति पछाडि सारिएको छ । कोरोना भाइरस सर्ने भयले हलमा कम दर्शक गइरहेका छन् । जबकि, सरकारले नेपालमा एकजनामा पनि कोरोनाको संक्रमण नभएको बताएको छ ।

नायिका तथा निर्देशक दीपाश्री निरौलाले सम्पूर्ण नेपालीलाई कोरोनाबाट शतर्क रहन आह्वान गरेकी छिन् । खबरहबको कुराकानीमा उनले भनिन्, ‘यो भाइरस अझै नेपालमा आइसकेको छैन, यो त धेरै खुशीको कुरा हो ।’

उनले कोरोनाको संक्रमणबाट बच्न हात धुन र मास्कको प्रयोग गर्न पनि सुझाएकी छिन् । सबै नेपालीलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन र भीडमा नजान पनि निरौलाको अनुरोध छ ।

‘मान्छेलाई आफ्नो ज्यानको माया त भइहाल्छ, कोरोना भाइरस पनि नेपालमा आउँदै नआओस्, भगवानसँग यही प्राथना गरौं,’ दीपाश्रीले भनिन्, ‘सरकारले पनि सचेत रहन अनुरोध गरेको छ, यस्तो बेलामा हामी सबैले ख्याल गर्नुपर्छ ।’

दीपाश्रीले ‘छक्का पञ्जा’ सिरिज निर्देशन गरेकी थिइन् । पछिल्लो समय निरौला चर्चामा छिन् । टेलिभिजनको पर्दामा दर्शकको मन जितेकी निरौला पछिल्लो समय भने फिल्ममा व्यस्त छिन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ४ : ५९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक