काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीम ललितपुर पेट्रियट्सले ट्यालेन्ट हन्टबाट छनोट भएका दुई खेलाडीको नाम सार्वजनिक गरेको छ ।
मंगलबार ललितपुरले सार्वजनिक गरेको नयाँ नाममा एरियो पौडेल र विबत्सु थापा रहेका छन् ।
ट्यालेन्ट हन्टमार्फत ललितपुरमा आवद्ध भएका दुवै खेलाडी बाँया हाते स्पिनर हुन् । ललितपुरले गएको शुक्रबार ललितपुरको इमाडोलमा ट्यालेन्ट हन्ट आयोजना गर्दै खेलाडी छनोट गरेको हो ।
ट्यालेन्ट हन्टका लागि देशभरबाट भर्ना भएका २ सय ३१ जना खेलाडी सहभागी भएका थिए । छनोट भएका उनीहरुले आधार मुल्य २५ हजारमा टोलीले दिनेछ ।
खेलाडी छनोट प्रशिक्षक राजु बस्न्यात, सूर्य तामाङ र सोनु तामाङले गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १ देखि १५ सम्म हुने तय भएको इपीएल भने तत्कालका हुने सम्भावना निकै कम छ । अर्को सुचना नआएसम्मका लागि रोकिएको प्रतियोगिता अब कोरोना भाइरसको त्रास कम नभएसम्म हुने सम्भावना छैन ।
प्रतिक्रिया