अवैध अमेरिकी डलरसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ विदेशी पक्राउ « Khabarhub

अवैध अमेरिकी डलरसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ विदेशी पक्राउ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर र नेपाली रुपैयाँसहित १ जना सिंगापुर नागरिक पक्राउ परेका छन् ।

सोमबार बेलुकी सिल्क एयरको विमानमार्फत काठमाडौंबाट सिंगापुर जान लागेको अवस्थामा सिंगापुर नागरिक ५७ वर्षी टान घिम चियोङ पक्राउ परेका हुन् ।

राहदानी नम्बर के–०९२६००२जी वाह टानको साथबाट ११ हजार २ सय ७७ अमेरिकी डलर १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ बरामद भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

टानले बोकेको ह्याण्ड ब्याक चेकजाँच गर्ने क्रममा त्यसभित्र अवैध अमेरिकी डलर र नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : १६ बजे

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

यी भूभागमा आज चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे