प्रधानमन्त्री ओलीलाई सामान्य व्यक्तिजस्तै पूर्ण सक्रिय हुन ६ महिना लाग्न सक्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई सामान्य व्यक्तिजस्तै पूर्ण सक्रिय हुन ६ महिना लाग्न सक्ने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेका प्रधानमन्त्री ओलीलाई सामान्य मानिसजस्तै हिँडडुल गर्न अझै वर्षदिन, ६ महिना लाग्ने भएको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा दिव्या सिंहका अनुसार पूर्ण रुपमा संक्रमण मुक्त हुन तथा सामान्य मानिसजस्तै हिँडडुल गर्न प्रधानमन्त्रीलाई वर्षदिन ६ महिना लाग्न सक्छ ।

‘औषधिको डोजहरु बढी भएका कारण अहिले उहाँलाई संक्रमणको डर रहन सक्छ । उहाँले पहिला पनि मिर्गौलाको प्रत्यारोपण गरेको र उहाँको परिवारलाई पनि यससम्बन्धी ज्ञान भएको हुनाले त्यति संकट नआउला । तैपनि अहिले पूरै पब्लिकमा गएर, भिडभाडमा जान हामीले सल्लाह दिँदैनौं,’ मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा सिंहले भनिन्, ‘उहाँले आफ्ना दैनिक कार्यहरु आफ्नो अफिसबाट, सचिवालयबाट गर्न सक्नुहुन्छ । खास गरेर रुघाखोकी लागेका र अरु संक्रमण भएका मानिसबाट जोगिनुपर्ने हुन्छ । एकदमै सक्रिय भएर सामान्य मानिसले जस्तै काम गर्न उहाँलाई अझै वर्षदिन, ६ महिना लाग्न सक्छ ।’

डा. सिंहले प्रधानमन्त्री ओली डिस्चार्जका लागि तयार भइसकेपनि पारिवारिक सदस्यहरुको आग्रह र संक्रमण हुने खतरा अझै रहेका कारण अस्पतालमै राखिएको बताइन् ।

परिवारका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई सार्नका लागि घरमा आवश्यक तयारी गर्नुपर्ने भएकाले केही दिन डिस्चार्ज नगरी अस्पतालमै राखिएको बताइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : २६ बजे

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार

रूस–युक्रेन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु

किएभ- युक्रेनका विभिन्न क्षेत्रमा रूसले रातभर आक्रमण गरेको युक्रेनी अधिकारीहरूले