कोकिनले कोरोनाको संक्रमण हुँदैन भन्ने हल्लाका पछि नलागौं:  फ्रेन्च स्वास्थ्य मन्त्रालय « Khabarhub

कोकिनले कोरोनाको संक्रमण हुँदैन भन्ने हल्लाका पछि नलागौं:  फ्रेन्च स्वास्थ्य मन्त्रालय


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– लागूपदार्थ कोकिन प्रयोग गरे कोरोना भाइरसबाट बच्न सकिने हल्ला फैलिएपछि फ्रान्स सरकारले यस्ता हल्लाको पछि नलाग्न आह्वान गरेको छ ।

‘कोकेनले कोभिड–१९ (कोरोना भाइरस) बाट जोगाउँदैन ।’ फ्रान्सको स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा सूचना प्रकाशित गर्दै भनेको छ, ‘यो लत लगाउने लागूऔषध हो, यसको प्रयोगले नकारात्मक असर पर्छ ।’ उक्त सूचनामा उल्लेख छ ।

त्यस्तै, फ्रेन्च स्वास्थ्य मन्त्रालयले मानिसहरुलाई ‘कोरोना भाइरस मार्नका लागि रक्सी वा क्लोरिन नछर्किन ।’ समेत आह्वान गरेको छ । त्यसबाहेक लामखुट्टेको टोकाईबाट कोरोना नसर्ने र स्यानिटाइजरले क्यान्सर नलाग्ने समेत स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख छ ।

पछिल्ला केही समययता सामाजिक सञ्जालका फ्रेन्च प्रयोगकर्ताबीच कोकेनले कोरोना भाइरसबाट जोगाउने जस्ता हल्ला भाइरल हुन थालेपछि फ्रेन्च स्वास्थ्य मन्त्रालयले यस्तो सूचना जारी गर्नु परेको हो ।

फ्रान्समा हालसम्म कोरोना भाइरसका कारण ३० जनाको ज्यान गइसकेको छ भने अरु १४ सयभन्दा धेरै संक्रमित छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : १७ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट