पाँच किलोग्राम सुन तस्करीमा संलग्न सात जनाविरुद्ध मुद्दा « Khabarhub

पाँच किलोग्राम सुन तस्करीमा संलग्न सात जनाविरुद्ध मुद्दा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध रु ३० करोड भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलोग्राम सुनसहित गत असोज २७ गते तोप्चेन भोटेलाई पक्राउ गरेको थियो ।

विशेष सुराकीको आधारमा पक्राउ परेका भोटेको साथबाट प्रहरीले पाँच किलो सुनसहित नगद ३८ हजार ८० र केही चिनियाँ मुद्रासमेत बरामद गरेको थियो ।

भोटेलाई मात्रै रु तीन करोड २६ लाख ५० हजार बिगोसहितको मुद्दा दायर भएको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार डिल्लीराम प्रसाईले जानकारी दिए ।

पक्राउ परेका २६ वर्षीय भोटेको बयानका आधारमा प्रहरीले सुन तस्करी गरेको आरोपमा खाँदबारी नगरपालिका–१ का जर्का भोट र भोटखोला गाउँपालिका स्थायी घर भई हाल खाँदबारी बस्ने छ्याङ रिञ्जीन भोटेलाई पक्राउ गरेको थियो ।

राजश्व अनुसन्धान विभागले सुन तस्करी गर्न जर्को भोटेसहित सात जनाको समूहको मिलेमतोमा यसअघि पनि चार पटकसम्म राजश्व छलेर २५ किलो सुन तस्करी गरेको भन्दै रु १५ करोड १३ लाख २४ हजार बराबरको दोब्बर बिगो दाबीसहितको मुद्दा दायर गरेको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार प्रसाईले बताए ।

पाँच किलोग्राम सुन तस्करीका आरोप लागेका चार जना अझै फरार छन् । फरार हुनमा भोटखोलाका छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे रहेको स्रोतको भनाइ छ ।

उनीहरुले मिलेमतोमा चार पटकमा २५ किलो सुन तस्करी गरेको आरोप प्रहरीको छ । सुन तस्कारी गर्नेले एक अर्काको बैंक खातासमेत प्रयोग गरेर सुन तस्करी गर्ने गरेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : २३ बजे

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

यी भूभागमा आज चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे