कोटेश्वर–कलंकी सडकखण्डमा गुड्ने सवारीसाधनका लागि नयाँ नियम | Khabarhub Khabarhub

कोटेश्वर–कलंकी सडकखण्डमा गुड्ने सवारीसाधनका लागि नयाँ नियम


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मालबाहक कम गतिमा गुड्ने सवारीसाधनलाई सडकको बाँया तथा निजी र साना तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सडकको दायाँ गुड्ने गरी व्यवस्था गर्न लागेको जानकारी दिए ।

“फराकिलो सडक र तीव्र गतिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उक्त नियम लागू गर्न लागेका हौँ”, उनले भने ।

हाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो । महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म उक्त नियम लागू गरिसकेको छ ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलंकीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेको जानकारी दिए ।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : १५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी