कोरोना नियन्त्रणका लागि काभ्रेमा विद्यार्थीलाई निःशुल्क मास्क र साबुन « Khabarhub

कोरोना नियन्त्रणका लागि काभ्रेमा विद्यार्थीलाई निःशुल्क मास्क र साबुन


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले बजारमा मास्क अभाव भएको ठाउँमा धेरै मूल्य लिन थालेपछि काभ्रेमा वडा कार्यालयको नेतृत्वमा विद्यार्थीलाई मास्कसँगै साबुन निःशुल्क रुपमा वितरण गर्न थालिएको छ ।

बालमैत्री वडा घोषणा गरिरकेको काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका–१० ले वडा अध्यक्ष पुष्पराज राउतको नेतृत्वमा वडाको तर्फबाट कपडा खरिद गरी स्थानीय व्यक्तिहरुबाट नै मास्क उत्पादन गर्न लगाई वडाभित्रको कालिका माध्यमिक विद्यालय र बालज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई आजबाट निःशुल्क रुपमा वितरण शुरु गरेको हो ।

विश्वमा नै फैलिदो अवस्थामा रहेको कोरोना भाइरस(कोभिड–१९)को सन्त्रास बढिरहेको बेला हाम्रा बजारमा मास्क किन्न नै नपाइने र भएको ठाउँमा धेरै पैसा तिरेर किन्नुपर्ने अवस्था सिर्जना भएकाले स्थानीयस्तरमा नै उत्पदान गरेर विद्यालयका विद्यार्थीलाई वितरण गर्न शुरु गरेको वडाध्यक्ष पुष्पराज राउतले बताए।

उनले भने, “यो एउटा सामाजिक सचेतनाको लागि स्वास्थ्यको कार्यक्रम भएको र बालमैत्री वडा भएकाले स्थानीय उत्पादनबाट आत्मनिर्भर हुन सकिन्छ भन्ने उदारहण प्रस्तुत गर्दै विद्यालयबाट शुरु गरेका हौँ, यसले कुनै समस्या आइपर्दा आफैँ सचेत र सजग रहन र बन्न सक्छौँ भन्ने उदाहरण भएको छ ।”

दिएको कुराले सधैँ परिपूर्ति हुने नभई त्यसले एउटा सचेतनाको अभियान शुभारम्भ भएको नमूनाको रुपमा लिन वडाध्यक्ष राउतले आग्रह गरे । शुरुमा नमूनाको रुपमा प्रस्तुत भएको सो अभियान सफल भएपछि वडाभित्रका करिब दूई हजार ८०० जनसङ्ख्यालाई नै वितरण गर्ने योजनामा रहेको राउतले बताए। स्थानीय जनशक्तिबाट कपडा र सिलाइ ज्याला गरी प्रति थान १२ रुपैयाँमा सो मास्क तयार भएको जनाइएको छ ।

धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले मास्कले सबै भाइरस थेग्न सक्ने भन्ने नभई यो एउटा व्यक्तिगत सरसफाइमा सचेत छ भन्ने उदारहण मात्रै भएको बताए । उनले भने, “नेपालमा यो भाइरस आइनसकेको अवस्था भएकाले डराउने तर नतर्सिन आग्रह गर्दछु । “उपचार गर्नुभन्दा रोकथाम गर्नु राम्रो भएकाले यो सचेतनाको नमूना भएको केसीको भनाइ छ ।

सो अवसरमा उनले रुघाखोकीभन्दा अलि फरक लक्षण देखिने भएकाले सचेत रहन र सामान्य त्यस्तै लक्षण देखापरेको अवस्थामा तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारको लागि लैजान सुझाव दिए। सबैभन्दा बढी दूषित वस्तु भनेको मानिसको हात भएकाले साबुन पानीले हातलाई सधैँ सफा राख्न उनले आग्रह गरे ।

सो क्रममा कालिका माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी २७० जना र बालज्योति आधारभूत विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी १४४ जनालाई एक वटा मास्क र एउटा साबुन निःशुल्क रुपमा वितरण गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : ०० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको