कोरोना भाइरस प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी « Khabarhub

कोरोना भाइरस प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।

निजी क्षेत्रसँग आवश्यक सहकार्य गरेर अघि बढेको सरकारले राजनीतिक तहमा पनि सहकार्यका लागि सरकारले छलफल गर्न लागेको हो ।

“सबै राजनीतिक दलसँग छलफल गरी सहकार्य रहेको सन्देश दिन छलफलको तयारी गरिएको छ, चाँडै छलफल हुँदैछ”, मन्त्री खतिवडाले पत्रकारलाई जानकारी दिए ।

उनले छलफलको मिति भने तय भइनसकेको बताए ।

यसअघि प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले कोभिड–१९ को रोकथामको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए । प्रस्तावमा एकीकृत कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

सांसदले उठाएको जिज्ञासामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकार वा कसैको एकल प्रयासले रोगको रोकथाम गर्न नसक्ने भन्दै सामूहिक प्रयास र सहकार्य अत्यावश्यक भएको र सरकारले सहकार्यमै जोड दिएका थिए ।

चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएको छैन । सरकारले उच्च सावधानी अपनाउँदै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा ११० देशमा फैलिएको कोभिड–१९ बाट अहिलेसम्म एक लाख १३ हजार ६७२ प्रभावित भएका छन् । भाइरस सङ्क्रमितमध्ये चार हजार बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : ५० बजे

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि