कोरोना भाइरस प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी « Khabarhub

कोरोना भाइरस प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।

निजी क्षेत्रसँग आवश्यक सहकार्य गरेर अघि बढेको सरकारले राजनीतिक तहमा पनि सहकार्यका लागि सरकारले छलफल गर्न लागेको हो ।

“सबै राजनीतिक दलसँग छलफल गरी सहकार्य रहेको सन्देश दिन छलफलको तयारी गरिएको छ, चाँडै छलफल हुँदैछ”, मन्त्री खतिवडाले पत्रकारलाई जानकारी दिए ।

उनले छलफलको मिति भने तय भइनसकेको बताए ।

यसअघि प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले कोभिड–१९ को रोकथामको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए । प्रस्तावमा एकीकृत कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

सांसदले उठाएको जिज्ञासामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकार वा कसैको एकल प्रयासले रोगको रोकथाम गर्न नसक्ने भन्दै सामूहिक प्रयास र सहकार्य अत्यावश्यक भएको र सरकारले सहकार्यमै जोड दिएका थिए ।

चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएको छैन । सरकारले उच्च सावधानी अपनाउँदै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा ११० देशमा फैलिएको कोभिड–१९ बाट अहिलेसम्म एक लाख १३ हजार ६७२ प्रभावित भएका छन् । भाइरस सङ्क्रमितमध्ये चार हजार बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : ५० बजे

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६६ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६६

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई

अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर

काठमाडौं – फिल्म ‘पुजार सार्की’बाट फुल फ्लेज नायिका बनेकी अञ्जना

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी