आजको मौसम : मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशको पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

पश्चिमी पहाडी भूभागका केही स्थानमा भने राति पनि मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

चैत्र २८ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति : देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

चैत्र २९ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मध्य तथा पश्चिमी पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

चैत्र ३० गते (आईतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ४४ बजे

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

राँझा– चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा– छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको