भारतमा कोरोनाभाइरसले एकै दिन ४९ जनाको मृत्यु « Khabarhub

भारतमा कोरोनाभाइरसले एकै दिन ४९ जनाको मृत्यु


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ । भारतमा एकैदिन ८०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ६३५ जना उपचारपछि निको भएका छन् । ५ हजार ८८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एसियाली मुलुकमा कोरोनाका कारण सबैभन्दा बढी इरानमा ४ हजार ११० जनाको मृत्यु भएको छ । त्यसैगरी चीनमा ३ हजार ३३५ जनाको मृत्यु भएको छ भने टर्कीमा ९ सय ८ जनाले ज्यान गुमाएका छन् ।

इन्डोनेसियामा २८० जनाले ज्यान गुमाउँदा भारतमा २२७ जनाको मृत्यु भएको छ । भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ५८ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव