राज्यमन्त्री मानन्धरद्वारा देशभरका क्वारेन्टाइनको अनुगनमबारे छलफल | Khabarhub Khabarhub

राज्यमन्त्री मानन्धरद्वारा देशभरका क्वारेन्टाइनको अनुगनमबारे छलफल


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले देशभर स्थानीय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ ।

विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएका क्वारेन्टाइन  व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार मापदण्ड पूरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजिकरण गर्न लागिएको हो ।

शनिबार मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो । मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजिकरणको जिम्मेवजारी दिएको थियो ।

शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका थिए ।

छलफलमा मन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले अनुगमनलाई तीव्रता दिन लागेको जानकारी दिए ।

मुलुक विपद्को घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने बताउँदै मन्त्री मानन्धरले स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक रहेको भन्दै कार्यप्रति धन्यवाद दिए ।

स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा साथ दिइरहेपनि कतै कतै अन्योल देखिएको भन्दै विपद्का बेला जनताको जीवन रक्षाका लागि छिटो र छरितो ढंगले काम गर्न आग्रह गरे ।

क्वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्ड अनसारको काम गर्न समस्या आए आफू सहजीकरणका लागि तयार रहेको मन्त्री मानन्धरले बताए । उनले विपद्को सामना गर्न गम्भिर ढंगले लाग्न सबैलाई आग्रह गरे ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्वारेन्टाइनको अवस्थाबारे दुई दिन भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने जानकारी दिए ।

उनले उपत्यका भित्रको वास्तविक अवस्था र तयारीबारे आफूले भोलिदेखि नै अनुगमनलाई तीब्रता दिन लागेको बताए ।

अनुगमनपछि प्रतिवेदन बनाएर कार्यान्वयन गराउने प्रतिवद्धता जनाउँदै मन्त्री मानन्धरले क्वारेन्टाइनको चाबी बोकेर तयारी अवस्थामा रहन उपत्यकाका मेयरहरलाई आग्रह समेत गरे ।

होटलहरुलाई क्वारेन्टाइन निर्माणका लागि केही समयलाई सरकारीकरण गर्न सकिने बताउँदै मन्त्री मानन्धरले त्यसका लागि आवश्यक समन्वय स्थानीय सरकार मार्फत् हुने बताए ।

भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा १७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ । यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय बेड तथा काठमाडौंको पशुपतिमा ७० बेड क्षमताको क्वारिन्टाइन मापदण्ड अनुसार रहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुढानिलकण्ड स्कुलमा एक सय, जनमैत्री अस्पतालमा १२४ बेड, इचंगु ब्लकमा चार सय बेड तथा दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय बेड बनाउन सकिने अवस्था रहेको जानकारी दिए ।

क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्डका बारेमा अनुगमन तथा सहजिकरणको जिम्मेवारी पाएका राज्यमन्त्री मानन्धरले आमसञ्चार माध्यम तथा आमसाधारण पनि सचेततापूर्वक सरकारको अभियानमा सामेल हुनुपर्ने बताउँदै लकडाउन कार्यान्वयनमा सहयोग गर्न अपिल समेत गरे ।

छलफलमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले क्वारेन्टाइनमा राख्ने व्यक्तिबारे स्वास्थ्य मन्त्रालयले प्रष्ट नीति बनाउनुपर्ने बताए ।

स्थानीय सरकार र प्रदेश सरकारको योजनामा केन्द्रीय सरकारको आवश्यक समन्वयमा कमी भएको भन्दै मेयरहरुले आवश्यक समन्वयका लागि राज्यमन्त्रीले पहल थाल्नु सकारात्मक भएको बताए । क्वारेन्टाइनको मापदण्ड पूरा गर्नका लागि केही प्राविधिक समस्या आउनसक्ने भन्दै उपत्यकाका मेयरहरुले सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

काडमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, मध्यपुर ठिमीका मेयर मदनसुन्दर श्रेष्ठ, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा, टोखाका प्रकाश अधिकारी, किर्तिपुरका रमेश महर्जन , गोदावरीका गजेन्द्र महर्जन , कागेश्वरी मनहराका कृष्णहरी थापा, महालक्षमी नगरपालिकाका रामेश्वर श्रेष्ठ, गोकर्णेश्वरका सन्तोष चालिसे, शंखरापुर नगरपालिकाका सुवर्ण श्रेष्ठको सहभागिता रहेको थियो ।

काडमाठौंका प्रमुख जिल्ला अधिकारी दाहालसँगै ललितपुरका भागिरथ पाण्डे र भक्तपुरकी हुमकला पाण्डेले पनि बैठकमा क्वारेन्टाइन व्यवस्थापनबारे भइरहेको प्रयासबारे जानकारी दिएका थिए । यस्तै महासेनानी सुवास थापा सानुकाजी थापा सेनानी पुरुषोतम कार्कीले सेनाले गरिरहेको तयारीबारे जानकारी दिएका थिए । मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले अनुगमनाबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : १० बजे

कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकासका सचिवबीच कार्यसम्पादन सम्झौता 

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री

शीर्ष क्रमका ब्याटर ‘फ्लप’ हुँदा संकटतिर नेपाल, टीममाथि नै प्रश्न

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले समर्थकलाई निराश

वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित

गाईघाट– केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान

 कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

 कञ्चनपुर– कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती

प्रधानमन्त्री अमेरिकामा हुँदा काठमाडौंमा धरपकड किन ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर देशभित्र छैनन् । उनी