यी फिल्म, जसले कोरोना भाइरसजस्तै संक्रमणको कथा भन्छन् « Khabarhub

यी फिल्म, जसले कोरोना भाइरसजस्तै संक्रमणको कथा भन्छन्


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण संसारभर संक्रमणको कथा प्रस्तुत गरिएका फिल्म दर्शकले हेर्न थालेका छन् । कोरोना भाइरस फैलिने डरले सरकारले लकडाउन गरेको छ । दर्शकले पनि त्यस्तै प्रकृतिका फिल्महरु हरिरहेका छन् ।

विश्वमा बनेका केही त्यस्ता चलचित्र पनि छन्, जसले संक्रमणको समयको कथा भनेका छन् । यहाँ केही त्यस्तै फिल्मको चर्चा गरिन्छः

क्वारेन्टाइन

सन् २००७ मा बनेको स्पेनिस हरर फिल्मको रिमेक यो फिल्ममा एक अनौठो भाइरसका कारण मान्छेले ज्यान गुमाएपछि क्वारेन्टाइनमा राखिएको देखाइएको छ ।

एक भवनलाई क्वारेन्टाइन बनाइएको हुन्छ । भवनमा एक रिपोर्टर र क्यामेरामेन पनि थुनिएको देखाइन्छ ।

टुभेल मंकिज (१९९५)

सन् १९९५ मा बनेको यो फिल्ममा मानवनिर्मित भाइरसले संसारमा रोग फैलाएको र मानवजाति नै नष्ट भएको देखाइएको छ । फिल्ममा ब्रोस विल्स, ब्राड पिट लगायतका कलाकारले अभिनय गरेका छन् ।

कन्टाजियन

चारैतिर एउटा डरलाग्दो रोग फैलिएपछि अवस्थालाई फिल्ममा देखाइएको छ । अमेरिकाले त्यसको फैलावट रोक्न गरेको प्रयास र सफलता फिल्ममा देखाइएको छ ।

रेसिडेन्ट इभिल (२००२)

यो फिल्म पनि भाइरस र एन्टिभाइरसको कथामै बनाइएको छ । फिल्ममा एक सैनिक फोर्स एक भाइरससँग लडेको देखाइएको छ । अम्रेला कर्पोरेशनको जैविक हतियारसम्बन्धी बनाइएको यो फिल्ममा ६ वटा फिल्म फेन्चाइज लिएर बनाइएको छ ।

२८ डेज लेटर

यो फिल्ममा एक भाइरसले अमेरिकाको देशलाई विनाश गरेको देखाइएको छ । २८ दिनपछि बचेका मान्छेहरुले कसरी परिस्थितिको सामना गर्छन् भन्ने यो फिल्ममा हेर्न सकिन्छ ।

डाउन अफ डेड (२००४)

यो फिल्म सन् १९७८ मा बनेको फिल्मको रिमेक हो । फिल्ममा संक्रमण भएका मान्छेले संक्रमणमा नपरेका मान्छेलाई खाने गरेको कथा देखाइएको छ ।

आइ एम लिजेन्ड (२००७)

यो फिल्ममा एक रोगले धेरैको ज्यान जान्छ । उक्त रोगले जनावरलाई पनि छोड्दैन । रोगले आक्रमण गरेकाहरु राक्षस बन्छन् ।

द ह्याप्पेनिङ

सन् २००८ मा प्रदर्शनमा आएको फिल्म एक भाइरसबाट जोगिन एक परिवारले गरेको संघर्ष देखाइएको छ । हावामा फैलिएको उक्त विषले गर्दा कति मान्छे मर्छन् ।

डुम्स डे

सन् २००८ मा रिलिज भएको फिल्म डुम्से डेमा एक भाइरसले कसरी संक्रमण फैलाउँछ भन्ने देखाइएको छ ।

प्रफेक्ट सिन

सन् २०११ को यो फिल्ममा महिला सेफ र लजालु वैज्ञानिकको प्रेमकथा छ । उनीहरुमा भाइरसले असर गरेको फिल्ममा देखाइएको छ ।

वल्ड वार जेड

सन् २०१३ को यो फिल्ममा एक भाइरसका कारण मान्छेले मान्छे खाने र त्यसबाट बच्न गरिएको संघर्ष देखाइएको छ ।

फ्लू

सन् २०१३ को यो फिल्ममा पनि एक भाइरसको कथा देखाइएको छ । कोरियाको एक शहरमा महामारी फैलिएपछिको अवस्था फिल्ममा देखाइएको छ ।

भाइरस

सन् २०११ को यो फिल्म मलायलम फिल्म हो । फिल्ममा भारतको केरलामा एक डरलाग्दो भाइरस फैलिन्छ । जसलाई रोक्न मान्छेहरुले गरेको संघर्षको कथा देखाइएको छ ।

ट्रेन टु बुसान

यो फिल्ममा पनि भाइरसको संक्रमणले प्रभाव पारेको देखाइएको छ । यो दक्षिण कोरियन फिल्ममा कोरोना भाइरससँग मिल्दोजुल्दो देखाइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ०६ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका