बढी मूल्य लिएको आरोपमा आइकालुलाई २ लाख जरिवाना « Khabarhub

बढी मूल्य लिएको आरोपमा आइकालुलाई २ लाख जरिवाना


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बढी मूल्य लिएको आरोपमा आइकालु मिटसप कारबाहीमा परेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

खसीको मासुको प्रतिकिलो ५ सय रुपैयाँ बढी लिएको फेला परेपछि मिट सेन्टरलाई जरिवाना तोकिएको हो । खसी मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ लिनुपर्नेमा १८ सयमा बिक्री गरेको पाएपछि उपभोक्तालाई ठगी गरेको आरोपमा २ लाख जरिवाना गरिएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिए ।

आइकालुलाई उपभोक्ता सरक्षण ऐन २०७५को १६ (२) (क) ३८ (ङ)को कसुरमा ३९ (ख) बमोजिम जरिवाना गरेको उनले बताए । विभागका अनुसार आइकालुले बढी मूल्य लिएको सन्दर्भमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा जरिवाना गरेको हो ।

उजुरीमा आधा किलोको ९ सय रुपैयाँ लिएको उल्लेख छ । सोही आधारमा अनुगमन गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : २५ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण