नेपालगञ्जमा जनप्रतिनिधहरुको पनि कोरोना परीक्षण सुरु « Khabarhub

नेपालगञ्जमा जनप्रतिनिधहरुको पनि कोरोना परीक्षण सुरु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा शनिबार (आज)देखि जनप्रतिनिधिहरुको पनि कोरोना परिक्षण सुरु गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गए पछि निरन्तर फिल्डमा खटिएर काम गर्ने जनप्रतिनिधिहरुको पनि स्वाब संकलन गरेर परिक्षण थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

शनिबार प्रदेश नम्बर ५ का सांसद मोहम्मद याकुब अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, कोरोना संक्रमितहरु भेटिएको वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर ११ का वडाध्यक्ष उज्जवलसिंह राठोर, वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुबेदी र वडा नम्बर १३ का वडाध्यक्ष विरेन्द्र बहादुर शाहको स्वाब लिएर परिक्षणका लागि भेरी अस्पतालमा पठाइएको हो ।

नेपालगन्जमा वडा नम्बर ८ को एउटै टोल जोल्हनपुर्वामा मात्रै २३ जना संक्रमित भेटिएका छन् भने वडा नम्बर ७ मा एक जना गरी अहिलेसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : १३ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै