कोरोना संक्रमणविरुद्धको औषधि परीक्षणका क्रममा भारतीय चिकित्सकको मृत्यु « Khabarhub

कोरोना संक्रमणविरुद्धको औषधि परीक्षणका क्रममा भारतीय चिकित्सकको मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  भारतको चेन्नईमा कोरोनाविरुद्धको औषधी परीक्षण गरेका एक चिकित्सकको मृत्यु भएको छ ।

उनले आफैले बनाएको औषधी आफैमा परीक्षण गर्दा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय मिडिया आजतकका अनुसार पेरुंगुडीमा बस्ने शिवनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए ।

कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले ।

राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएको बताइएको छ ।

औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो ।

शिवनेसनको उपचारका क्रममा मृत्यो भएको हो । अर्का बिरामी राजकुमारको स्थिति भने स्थिर रहेको जनाइएको छ । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : ४९ बजे

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन