कोरोना संक्रमणविरुद्धको औषधि परीक्षणका क्रममा भारतीय चिकित्सकको मृत्यु « Khabarhub

कोरोना संक्रमणविरुद्धको औषधि परीक्षणका क्रममा भारतीय चिकित्सकको मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  भारतको चेन्नईमा कोरोनाविरुद्धको औषधी परीक्षण गरेका एक चिकित्सकको मृत्यु भएको छ ।

उनले आफैले बनाएको औषधी आफैमा परीक्षण गर्दा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय मिडिया आजतकका अनुसार पेरुंगुडीमा बस्ने शिवनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए ।

कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले ।

राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएको बताइएको छ ।

औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो ।

शिवनेसनको उपचारका क्रममा मृत्यो भएको हो । अर्का बिरामी राजकुमारको स्थिति भने स्थिर रहेको जनाइएको छ । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : ४९ बजे

सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले

रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ?

काठमाडौं– समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड

काठमाडौं- ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा

श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’

काठमाडौं – गायक हेमन्त शर्माले श्रीमती रितुको स्तन क्यान्सरको उपचारका

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ