चीनमा जिउँदै गाडिएकी महिलाको तीन दिनपछि जीवितै उद्धार ! « Khabarhub

चीनमा जिउँदै गाडिएकी महिलाको तीन दिनपछि जीवितै उद्धार !


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- उत्तरी चीनमा गाडिएको तीन दिन पछि एक महिलाको जीवितै उद्धार गरिएको छ । प्यारालाइसिस पीडित आफ्नै आमालाई छोराले जिउँदै गाडेका थिए ।

समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आरोपीले आफ्नी आमालाई जिउँदै चिहानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी डराएको अवस्थामा जीवित उद्धार गरिएको जनाइएको छ ।

प्रहरीले आमालाई गाड्ने छोरालाई नियन्त्रणमा लिएर उनीविरुद्ध हत्या प्रयासको मुद्दा दर्ता गरेको छ ।

आरोपीकी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वीलचेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।

घटना शांक्सी प्रान्तको जिंगबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आरोपीको पहिचान भने खुलाएको छैन ।

चाइना डेलीका अनुसार  ७९ वर्षीया ती महिला आंशिक रुपमा प्यारालाइसिसबाट पीडित छिन् ।

प्यारालाइसिस पीडित आमालाई सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेका कारण ती छोराले यस्तो अमानवीय कदम चालेको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : १३ बजे

सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले

रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ?

काठमाडौं– समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड

काठमाडौं- ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा

श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’

काठमाडौं – गायक हेमन्त शर्माले श्रीमती रितुको स्तन क्यान्सरको उपचारका

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ