अभ्यासबाट फर्किएका खेलाडी र प्रशिक्षक पुनः १४ दिन आइसोलेसनमा « Khabarhub

अभ्यासबाट फर्किएका खेलाडी र प्रशिक्षक पुनः १४ दिन आइसोलेसनमा


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट मुक्त हुँदै गएको जर्मनले खेलकुद गतिविधिका लागि अनुमति दिएको एक हप्तापछि बुन्डेसलिगा २ को एक क्लबका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको छ ।

जर्मनको दोस्रो डिभिजन क्लब डाएनामो रेस्डनको पुरा टिमलाई आइसोलेसनमा राखिएको छ । दुई जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि रेस्डनका सम्पूर्ण खेलाडिसहित प्रशिक्षकलाई दुई हप्ताका लागि आइसोलेसनमा राखिएको बीबीसीले उल्लेख गरेको छ ।

बुन्डेसलिगाका शीर्ष दुई लिग मे १६ देखि शुरु गर्ने तयारी भइरहेको थियो । कोरोना भाइरसका कारण रोकिएका लिगमध्ये पुनरागमन गर्ने पहिलो युरोपिन लिग पनि बुन्डेसलिगा नै हो ।

जर्मन फुटबल एसोसियसन (डिएफएल) ले लिग कडा स्वास्थ्य निगानिकाबीच शूरु हुने र आवश्यक पर्दा खेलाडीहरुको कोरोना परिक्षण गरिने बताएको छ । यस्तै, लिग भने दर्शक विना सुरू हुनेछ । खेल निर्देशिकामा खेलको दिन रंगशालामा ३ सय जनाभन्दा बढी हुन छैनन् । मार्च १३ देखि रोकिएको लिग आउँदो आइतबारबाट सुरू हुँदैछ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : २२ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका