प्रदेश नं २ मा तीन हजार ५२० स्वाब सङ्कलन « Khabarhub

प्रदेश नं २ मा तीन हजार ५२० स्वाब सङ्कलन


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म तीन हजार ५२० जनाको स्वाब परीक्षण (पिसीआर) का लागि नमूना सङ्कलन गरिएको छ । शनिबार ३४७ जनाको स्वाब सङ्कलन गरिएपछि यो सङख्या तीन हजार ५२० पुगेको हो ।

प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाको छप्कैया बस्तीमा सघन स्वाब सङ्कलन जारी राखिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएमध्ये दुई हजार ४४७ को नतिजा प्राप्त भएको कार्यालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

जसमध्ये दुई हजार ४१६ को नतिजा नेगेटिभ र ३१ जनाको पोजेटिभ पुष्टि भएको छ । एक हजार ७३ को भने रिपोर्ट आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ ।

पोजेटिभ नतिजा आएमध्ये तीन भारतीयसहित २५ जना पर्साका छन् । त्यसबाहेक रौतहटका तीन, बाराका दुई र सर्लाहीका एक जना भएको कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये निको भएर घर फर्केका तीन भारतीय र एक रौतहटका व्यक्तिमा स्वास्थ्य समस्या बल्झिएपछि फेरि अस्पतालमा ल्याइएको छ । यद्यपि यी फेरि अस्पताल ल्याइएकामा कोभिड–१९ नभइ अन्य स्वास्थ्य समस्या बल्झिएको जनाइएको छ ।

प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलन तीव्र बनाइएको छ । खासगरी पर्साको वीरगञ्ज र उदयपुरसँग सीमा जोडिएका सिरहा र सप्तरीमा स्वाब सङ्कलन अभियानकै रूपमा सञ्चालन गरिएको वरिष्ठ स्वास्थ्य अधिकृत झाको भनाइ छ ।

प्रदेशको जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वाब परीक्षण र सङ्क्रमितको उपचार गरिने व्यवस्था छ । जनकपुरमा ४२ र नारायणीमा यस्ता बिरामी ५० जना राख्न सकिने श्यया छन् । यसबाहेक महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा उपचारका लागि थप श्यया व्यवस्था गर्न लागिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशभरिमा अहिले ४५ जना शङ्कास्पद आइसोलेसनकक्षमा राखिएका छन् । हाल प्रदेशका क्वारेन्टाइन केन्द्रमा एक हजार ३९२ र स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या चार हजार ५१२ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ०५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड