यो कुरामा सनी लियोनीभन्दा अगाडि रहिन् प्रियंका « Khabarhub

यो कुरामा सनी लियोनीभन्दा अगाडि रहिन् प्रियंका


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लकडाउनका कारण कुनै पनि फिल्म रिलिज भएका छैनन् । न त कुनै फिल्मका शूटिङ भइरहेका छन् । दर्शकले मनोरञ्जन क्षेत्रका कलाकारलाई बारम्बार सर्च गर्ने गर्छन् ।

हालै एक रिपोर्ट सार्वजनिक भएको छ । जसमा बलिउडमा सबैभन्दा सर्च गरिने सेलिब्रेटीको सूची छ ।

रिपोर्टका अनुसार गुगलमा सबैभन्दा खोजी गरिनेमा पहिलो नम्बरमा प्रियंका चोपडा रहेकी छिन् । पहिले सनी लियोनीलाई सबैभन्दा बढी खोजी गरिएको नतिजा सार्वजनिक भएको थियो ।

प्रियंकालाई ३९ लाखपटक खोजी गरिएको जनाइएको छ । यस्तै दोस्रो नम्बरमा सनी लियोनी छिन् । उनलाई ३१ लाखपटक खोजी गरिएको रिपोर्टमा उल्लेख छ । सनीले आफ्नो लूकका कारण धेरैलाई मोहित तुल्याउने गर्छिन् ।

धेरै खोजिने बलिउड अभिनेत्रीमा क्याटरीना कैफ छिन् । उनलाई १९ लाखपटक इन्टरनेटमा खोजिएको छ । त्यसपछि दीपिका पादुकोण, आलिया भट्ट, दिशा पटानी, सारा अली खान, करीना कपूर खान, श्रद्धा कपूर र रश्मिकालाई खोजी गरिएको रिपोर्टमा उल्लेख छ ।

पुरुष सेलिब्रेटीतर्फ सबैभन्दा धेरै खोजिनेमा सलमान खान छन् । उनलाई २१ लाखपटक खोजी गरिएको छ भने ऋतिक रोशनलाई १३ लाखपटक खोजिएको छ ।

यस्तै रोहित शर्मा, अल्लु अर्जुन, शाहरुख खान, टाइगर श्राफ र महेश बाबुलाई पनि इन्टरनेटमा सर्वाधिक खोजिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : ४२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट