माइतीघरमा विरोध प्रदर्शन गर्न खोज्ने कानून व्यवसायी पक्राउ « Khabarhub

माइतीघरमा विरोध प्रदर्शन गर्न खोज्ने कानून व्यवसायी पक्राउ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले नेपाली भूमि (लिपुलेक)मा सडक निर्माण गरेको विषयमा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई पक्राउ गरेको हो । माइतीघरबाट पक्राउ परेका उनीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

पक्राउ पर्नेमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु नारायण घिमिरे, कञ्चनकृष्ण न्यौपाने, रमेशकुमार केसीलगायत छन् ।

यसअघि आइतबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विरोधमा उत्रिएका युवा विद्यार्थीलाई पनि पक्राउ गरेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन जारी गरेको अवस्थामा पनि भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोध काठमाडौं प्रदर्शनकारीहरु सडकमा निस्किरहेका छन् ।

तर, प्रहरीले भने उनीहरुलाई प्रदर्शन अगाडि नै नियन्त्रणमा लिइरहेको छ ।

भारतले कैलाश मानसरोवर यात्राका लागि भन्दै नेपाली भूमि लिपुलेक समेत मिचेर लिंक रोड बनाएको छ । उक्त लिंक रोडको शुक्रबार उद्घाटन गरिएपछि नेपालमा विरोध भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : ०६ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार