ला लिगा फुटबल सञ्चालन हुनेमा शंका, रियल बेटिसका दुई खेलाडीमा कोरोना संक्रमण | Khabarhub Khabarhub

ला लिगा फुटबल सञ्चालन हुनेमा शंका, रियल बेटिसका दुई खेलाडीमा कोरोना संक्रमण


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगा क्लब रियल बेटिसका दुई जना खेलाडीमा नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण बीचैमा रोकिएको ला लिगाको लिग पुन संचालन गर्नु अगाडि खेलाडी, प्रशिक्षक तथा क्लब स्टाफहरुको कोरोनाको प्रशिक्षण गरिएको थियो ।

बेटिसको टिममा दुई जना खेलाडीमा संक्रमण देखिएपनि अन्य खेलाडीमा भने रिपोर्ट नेगेटिभ आएको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ ।

यस्तै, एबीसी सेभिल्लाले आफ्ना दुई खेलाडीमा संक्रमण भएको जनाएको छ । यस विषयमा ला लिगाले आधिकारीक रुपमा भने जानकारी दिएको छैन ।

पछिल्लो अपडेटमा ग्रेनाडाका मिडफिल्डर एङ्गल हेरेरालाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

सिजनको बीचैमा कोरोना भाइरसका कारण रोकिएको ला लिगा पुन सुचारु गर्ने तयारी भइरहँदा धमाधम खेलाडीलाई कोरोना संक्रमण देखिएपछि लिगा सुचारु बारे प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : ४६ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध