लकडाउन खुकुलो हुँदा कोरोना संक्रमणको जोखिम झन बढ्ने खतरा : डा. पाण्डे « Khabarhub

लकडाउन खुकुलो हुँदा कोरोना संक्रमणको जोखिम झन बढ्ने खतरा : डा. पाण्डे


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डे लकडाउन खुकुलो बनाइँदा कोरोना भाइरस संक्रमणको जोखिम झन बढ्ने खतरा रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमणको जोखिमबारे सचेत रहन सुझाव दिएका छन् । उनले फेसबुकमा लेखेका छन- आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ । डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन ।

  • दुवै सदनका सांसद, संसद सचिवालयका कर्मचारी तथा बडीगार्डलाई PCR टेस्ट गरेर नेगेटिभ रिपोर्ट आएपछि लकडाउन पूर्ण रुपमा खोलिएको छ । आज देखिएको भीडभाड र सुरक्षाकर्मीको मौनताले प्रष्ट हुन्छ कि सरकारले उनीहरुलाई विशेष निर्देशन दिएको छ, लकडाउन खोल्नको लागि ।
  • छिमेकी देश भारतमा कोरोना संक्रमित बढेकोबढ्यै छन् । सिमानाबाट नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ । भैरहवा लगायतका ठाउँमा भारतबाट कामदार नेपाल आएर निर्माणको काम आज सुरु भएको छ । यो अवस्था सायद नेपालका सबै सिमावर्ती जिल्लामा सुरु भएको छ ।
  • सरकारले काठमाडौंबासीको Random Sampling को आधारमा न्यूनतम ३०,००० जनाको PCR Test गरेर नेगेटिभ आएको भए लकडाउन केहि खुकुलो गर्न मिल्ने थियो । सिमाना १०० % शिल गरेर तथा सिमाबर्ती प्रत्येक जिल्लामा न्युनतम दश / दश हजारको दरले PCR Test गरेर सुरक्षित देखेको भए लकडाउनको मोडालिटी फेर्न मिल्ने थियो । कुनै जांच नगरि, पर्याप्त औषधि / उपकरणको ब्यबस्था नगरि, अन्य कुनै आकस्मिक तयारी नगरि तथा बिज्ञहरुको सल्लाह नलिइ मनगढन्ते रुपमा यसरी लकडाउन खोल्नु सरकारको गैह्रजिम्मेवारी कदम हो ।
  • अहिलेसम्म लकडाउनले घरभित्र रहेका संक्रमितहरु आजदेखि सडकमा आएका छन् । संक्रमित र स्वस्थ घुलमिल भएका छन् । आजको घटनाले गर्दा भोलिदेखि लकडाउन उल्लङ्घन गर्नेको संख्या ह्वात्तै बढ्नेछ । यस्तो घनाबस्तीमा कोरोना संक्रमण फैलियो भने यो नियन्त्रण गर्न सरकारले सक्ने छैन । विश्व स्वास्थ्य संगठन ( WHO ) ले लकडाउन नखोल्न सरकारलाई बारम्बार भनिरहेको, जुन र जुलाईमा नेपाल तथा भारतमा कोरोना संक्रमण उच्चबिन्दुमा पुग्ने बताएको तथा नेपालमा तीसौं हजार संक्रमित हुनसक्ने बताएको परिप्रेक्ष्यमा लकडाउनमा एकैपटक यो किसिमको लापरबाही हुनु निकै खेदजनक छ । भिजन भएका, देश र जनताको माया भएका, व्यक्तिगत स्वार्थ नभएका बिज्ञहरुको समिति बनाएर यस्ता निर्णय गरेको भए नेपाल जोखिमको मार्गमा जाने थिएन ।
  • सरकारले बस्तुस्थितिको मुल्यांकन गर्न नसकेपनि हामी जनताले परिस्थिति बुझ्नु जरुरी छ । सहरी क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन हामी जनता जिम्मेवार बन्नुको बिकल्प रहेन । कृपया ! जरुरी काम बाहेक घरभित्र बस्नुहोला । हाम्रो सानो असावधानीले हामी, हाम्रो परिवार तथा समाज संक्रमित हुनसक्छ । अहिल्यै यो स्तरको लकडाउन खोल्ने बेला भएको छैन ।
  • सरकारले न्यून आय भएका बर्गलाई ठोस राहत दिएर लकडाउनलाई ब्यबस्थित गराउन जरुरी छ । मानबिय क्षति अपुरणीय हुन्छ । यो तथ्य सरकारले समयमै बुझोस् । जनस्वास्थ्यमाथि अल्पदृष्टिको कारण गम्भीर संकट नआओस ।
  • अन्त्यमा कोरोना भाइरसले ठूलो सानो, यो पार्टीको / त्यो पार्टीको, यो पदको / त्यो पदको भन्दैन । जनपक्षीय कुरा उठान गर्न पार्टीको घेरा नहेरौं । हामी सबै एकै डुंगामा छौं । डुंगा डुब्यो भने हामी सबै डुब्नेछौं !

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ३८ बजे

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

सगरमाथा वृक्षरोपण अभियान : मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

भोजपुर– सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम

‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ

कांग्रेस सभापति गगन थापाले एउटी किशोरीसँग उनको ‘स्टार्टअप बिजनेस’ को