मनसुन सुरु भएसँगै नेपालमा सलह कीराको जोखिम हट्यो | Khabarhub Khabarhub

मनसुन सुरु भएसँगै नेपालमा सलह कीराको जोखिम हट्यो

पश्चिमबाट पूर्व दक्षिणतर्फ हावा चल्दा सलह किरा नेपाल आएनन्



काठमाडौं– नेपालमा सलह कीराको जोखिम तत्काललाई हटेको छ । हावाको गतिमा मात्र उड्ने यी कीरा केही दिनअघि भारतको आग्रासम्म आइपुगेका थिए ।

सोहीबेला पश्चिमबाट पुर्व दक्षिणतर्फ हावा चलेकाले हावाको बहावसँगै यिनीहरु दक्षिणतर्फ सरेको र नेपालले यो संकट पार गरेको कृषि विभागका पूर्वमहानिर्देशक डा.डिल्लीराम शर्माले जानकारी दिए ।

‘उत्तरतर्फ हावा चलेको भए सलह नेपालमा आउथे’ उनले खबरहबसँग भने, ‘पश्चिमबाट पूर्व दक्षिणतर्फ हावा चल्यो त्यसकारण सलह दक्षिणतर्फ सरे ।’

बथानमा उड्ने सलह अफ्रिकाबाट खाडी मुलुक हुँदै भारत छिरेका थिए । भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा सलह प्रवेश गरिसकेको र करिब दुई साताअघि भारतबाट खुला सीमाना हुँदै नेपाल आउने सम्भावना देखिएकोे विज्ञहरुले बताएका थिए ।

नेपालमा अहिले मनसुन सुरु भएको छ । नेपालको पूर्व अर्थात् बंगालको खाडीबाट मनसुन आउने गर्छ । मनसुन सुरु भएसँगै पूर्वबाट पश्चिम हावा चल्ने गर्छ तर अहिले पुर्वतिर त्यो कीरा छैनन् अहिले पश्चिम र दक्षिणतिर मात्र छन् ।

अहिले पश्चिमबाट सिधैं हावा नआउने र सलह कीरा नेपाल आउने सम्भावाना नरहेको उनले बताए । ‘पुर्वबाट पश्चिमतर्फ हावा चल्ने र मनसुन हुने भएकाले यस वर्ष सलह कीराको जोखिम देखिदैंन’ उनले भने ।

त्यस्तै नेपालमा मनसुन सुरु हुन थालेसँगै सलहको प्रजननका लागि यहाँको हावापानी पनि उपयुक्त नरहेको र जोखिम पनि हटेको उनी बताउँछन् ।

पोथी सलहले मरुभूमिमा मात्र फुल पार्ने बताउँदै डा. शर्मा भन्छन्, ‘फुल पार्दा माटो (बालुवा) लाई छोडेर आठदेखि दश सेन्टिमिटर तल पार्छ हाम्रो जस्तो माटोमा फुल पार्न सदैनन् ।’

उनकाअनुसार हावाले उडाएर यदी सलह आइहालेपनि त्यसको गतिविधि र अर्को पुस्ता नेपालमा नहुने र फुल पार्न पुनः राजस्थान जानुपर्ने हुन्छ ।

‘सलहले फुल पार्ने स्थान नेपालमा छैन’ उनले थप्दै भने, ‘त्यसमाथि यी कीराहरु समथर बाली भएको स्थानमा मात्र पुग्छन् त्यसकारण यो वर्ष आउने सम्भावना छैन ढुक्क भए हुन्छ ।’

यद्यपी हावाको दिशा मिलेमा यो वर्ष मात्र नभई आगामी वर्ष पनि सलह नेपाल प्रवेश गर्न सक्ने उनी बताउँछन् । भन्छन्, ‘सलह कीरा रोकथाम गर्न तयारी अवस्थामा भने रहनुपर्छ ।’

यस्तो छ सरकारको तयारी

सलह कीराको बथान दक्षिण अफ्रिका हुँदै भारतसम्म आइपुगेपछि नेपालमा पनि आउन सक्ने भन्दै रोकथामको तयारी भइरहेको छ ।

कृषि तथा पशुपक्षी मन्त्रालयले यही जेठ १३ गते सलह कीराको रोकथाम गर्न ‘सलह कीराको आगमन तथा व्यवस्थापन सम्बन्धी प्राविधिक कार्यदल’ गठन गरेको थियो ।

कार्यदलमार्फत सलह कीरा रोकथाम गर्न के कस्तो तयारी गरिरहेको छ त ? कार्यदलका संयोजक सहदेव प्रसाद हुमागाइ भन्छन्, ‘सलह कीरा रोकथाम गर्ने विषयमा हामीले अन्तराष्ट्रिय निकायहरुसँग छलफल गरिरहेका छौं ।’

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख समेत रहेको हुमागाइले नेपालमा सलह कीरा पहिलो भएकाले कसरी रोकथाम गर्ने, यी कीरा कुन समयमा कहाँ छन् भन्ने विषयमा त्यस सम्बन्धी संस्थासँग सम्पर्क गरिरहेको बताए ।

‘अब नेपालमा सलह कीरा आउँदैन भन्ने कुरा उहाँमार्फत जानकारी लिएका हौं’ हुमागाईले भने, ‘संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ)ले पनि यस वर्ष नेपालमा सलहको प्रकोप नरहेको जानकारी दिइसकेको छ ।’

अर्को वर्षलाई पूर्वतयारी

यस वर्ष मनसुन सुरु भएसँगै नेपालमा सलह कीराको प्रवेश नभएपनि आगामी वर्षहरुमा यी कीरा नआउलान भन्न भने सकिदैंन । त्यसका लागि सरकारले अहिलेदेखि नै तयारी गरेमा राम्रो हुने देखिन्छ ।

कुन निकायलाई जिम्मेवारी तोक्ने हो त्यस निकायलाई भौतिक तथा मानवीय स्रोतसाधन दिएर तयारी अवस्थामा राख्ने तयारी भइरहेको उनले बताए ।

‘सलह कीराको आगमन र व्यवस्थापन गर्न आधिकारिक निकाय तोक्न विषयमा एक्सन प्लान बनाएर मन्त्रालयमा पेश गरेका छौं’ उनले खबरहबसँगको कुराकानीमा भने, ‘मन्त्रालयले प्रदेश सरकारलाई यस बारे जानकारी गराउने छ ।’

सातै प्रदेशलाई पठाउने तथ्यपत्रमा के छ ?

बथानमा आउने सलह कीराबारे धेरैलाई जानकारी नभएकाले सात वटै प्रदेशलाई तथ्यपत्र पठाउने सरकारको तयारी छ ।

सलह कीरा आइहालेमा रोकथाम कसरी गर्ने ? बालीनालीको सुरक्षा कसरी गर्ने भन्ने बारे तथ्यपत्रमा उल्लेख गरिएको छ । सातै प्रदेशमा यो पत्र पठाएर किसानलाई सचेत गराउन सरकारले यस्तो तयारी गरेको हो ।

सो तथ्यपत्रमा सलह कीराको परिचय, प्रकार, जीवनचक्र र यसले बालीमा पुर्याउने क्षति र रोकथामका उपाय समावेश गरिएका छन् ।

तर लकडाउनले हुलाक सेवा बन्द हुँदा तथ्यपत्र पठाउन नसकेको हुमागाइले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ११ : १८ बजे

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष