हामीले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेका छौं- प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

हामीले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेका छौं- प्रधानमन्त्री ओली (भिडियोसहित)


२८ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरु देखि नै प्रभावकारी रुपमा कदम चालेको दावी गरेका छन् ।

संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिंदै उनले कोरोनाविरुद्ध शत प्रतिशत काम गर्न नसकिएको हुन सक्ने भए पनि अधिकतम प्रयास गरेको बताए ।

अरु देशमा धमाधम कोरोनाको संक्रमण देखिंदा नेपालमा अति थोरै मात्र संक्रममा सीमित पार्न सकेको भन्दै सरकारको कदमको बचाउ गरे ।

देशको स्वास्थ्य पूर्वाधारमा भएको कमजोरीका कारण कतिपय कदम लिन कठिनाई भएको प्रधानमन्त्रीको भनाई छ । उनले कोरोनाको संक्रमणको सुरुवातबाटै लकडाउनको नीति लिएको भन्दै सरकारले चालेको लकडाउनको नीतिको प्रतिरक्षा गरे ।

लकडाउनले कोरोना नियन्त्रणमा प्रभावकारी भएको उनको भनाई छ । भौतिकदुरी कायम गर्ने, मास्क लगाउने, स्वस्थ खाना खाने, हात धुने लगायतका सरकारले अघि बढाएका कुरा समान्य कुरा नभएको प्रधानमन्त्रीको भनाई छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ११ : ५७ बजे

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न