ल्यापटप तातेर हैरान हुनुभएको छ ? यसरी गर्नुहोस् सहज तवरले काम « Khabarhub

ल्यापटप तातेर हैरान हुनुभएको छ ? यसरी गर्नुहोस् सहज तवरले काम


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  धेरै समय काम गर्दा ल्यापटप कम्प्युटर लगायतका सामग्री तातेर कामै गर्न नसक्ने अवस्थाले सायद तपाई पनि समस्यामा पर्नु भएको होला ।

अझ गर्मीको समयमा अधिक प्रयोगले ल्यापटप तात्ने समस्या बढ्दो हुन्छ ।  ल्यापटप तातिने अनेकौँ कारणमा पुरानो हुनु पनि एउटा कारण हुन सक्छ ।

ल्यापटप पुरानो भएको छ भने भरसक त्यसलाई प्रयोग नगर्नु नै उत्तम मानिन्छ । यदि त्यसमा नै काम गर्नुपर्ने छ भने लामो समयसम्म त्यसमा काम गर्नबाट बच्नुहोस् । नत्र यसले ल्यापटप तात्ने र खराब हुने सम्भावना उच्च हुन्छ ।

कयौं पटक यस्तो हुन्छ की हामी आफ्नो ल्यापटपलाई लगातार प्रयोग गर्दछौं तर त्यसको ब्याट्रीको बारेमा ध्यान दिँदैनौं । यस्तोमा यदि तपाईँको ल्यापटपको ब्याट्री पुरानो भएको छ भने त्यसलाई तत्काल परिवर्तन गरेर नयाँ राख्नुहोस् ।

ल्यापटप तात्नबाट जोगाउनका लागि पुरानो ल्यापटपमा कूलिङ्ग किटको प्रयोग गर्न सकिन्छ । यस्तो गरेमा तपाईँको ल्यापटप तात्दैन र खराब हुनबाट बचाउन सकिन्छ। कुलिङ्ग किट बजारमा सजिलै किन्न पाईन्छ ।

ल्यापटपलाई सँधै कुनै कडा स्थानमा मात्र राखेर प्रयोग गर्नुस् । उदाहरणका लागि यदि तपाईँ बेडमा बसेर काम गर्नुहुन्छ भने ल्यापटपलाई कुनै किताबमाथि राख्नुहोस् । यस्तो गर्नाले ल्यापटपबाट निस्कने हावा लगातार पास हुन्छ र ल्यापटप तात्नबाट बच्दछ ।

अधिकांश समयमा हामीहरु ल्यापटपलाई पुरै सफा गर्नको लागी भिजेको कपडा प्रयोग गर्ने गर्दछौं जबकि यस्तो गर्नु हुँदैन् । चिसो र भिजेको कपडाले ल्यापटप सफा गर्दा यसको सीपीयू फ्यानले काम नगर्ने हुन्छ । यस्तोमा ल्यापटपमा ओभर हिटिङको समस्या आउँछ ।

यदि तपाईँले ल्यापटपमा धेरै एप्सहरु चलाईरहनुभएको छ वा धेरै वेब ब्राउजरमा ट्याबहरु प्रयोग गर्नुभएको छ भने त्यसलाई कम गर्नुहोस् जसले अधिक उर्जा खपत गरेर तात्ने समस्या हट्छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : ०६ बजे

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक