‘रोग प्रतिरोधात्मक औषधि’ वितरण | Khabarhub Khabarhub

‘रोग प्रतिरोधात्मक औषधि’ वितरण


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- मारवाडी युवा मञ्चले रोग प्रतिरोधात्मक मानिने औषधि वितरण गरेको छ । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा सिफारिस गरिएको होमियोप्याथिक औषधि पोखरा महानगरका विभिन्न स्थानमा प्रदान गरिएको मञ्चका अध्यक्ष सन्तोषकुमार अग्रवालले जानकारी दिए ।

पोखरा –९ का टोल सुधार समितिका अध्यक्ष भीमबहादुर कुँवरको समन्वयमा वडाका जनप्रतिनिधिको सहयोगमा वडाका विभिन्न टोलका लक्षित समुदायलाई रोग प्रतिरोधात्मक भनिएको सो औषधि वितरण गरिएको हो ।

“रोगप्रतिरोधात्मक क्षमता कम हुँदा सरुवाजन्य रोगको सङ्क्रमण बढ्न जान्छ, यो आयुर्वेद विभागद्वारा सिफारिस गरिएको रोग प्रतिरोधात्मक औषधि भएकाले देशका विभिन्न स्थानहरुमा वितरण गरेका हौँ ” अग्रवालले भने ।

मञ्चका सचिव मनोजकुमार मोरका अनुसार होमियोप्याथिक आर्सेनिकम एल्बम ३० सी नामक उक्त औषधि मारवाडी सेवा समितिमार्फत देशका विभिन्न स्थानमा निःशुल्क वितरण भइरहेको छ ।

रोगप्रतिरोधात्मक क्षमता भएको भनिएको सो औषधि पर्याप्त जानकारीसहित वितरण गरिएको छ । सो औषधि दुई गोली बिहान खाली पेटमा तीन दिनसम्म र त्यसपछि दुईदुई गोली सातामा एक पटक तीन सातासम्म खानुपर्ने बताइएको छ । मोरले होमियोपेथिक चिकित्सकको निगरानीमा प्याकिङ गरेर देशका ५० जिल्लाका १७ देखि २० लाख जनासम्मलाई औषधि वितरण भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  २ : १३ बजे

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै