कोरोनाले एकै दिन विश्वभर २ लाख २२ हजार संक्रमित,  ५ हजार ४०४ को मृत्यु « Khabarhub

कोरोनाले एकै दिन विश्वभर २ लाख २२ हजार संक्रमित,  ५ हजार ४०४ को मृत्यु


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ४०४ को मृत्यु भएको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ४०४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड २३ लाख ८६ हजार २७६ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख २२ हजार ८२५ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ७१ लाख ८६ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ४८४ जनाको मृत्यु भएको छ ।

२५ लाख ३२ हजार ३६१ जना संक्रमित भएकोमा १४ लाख ७९ हजार ३६३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८२ हजार २३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३७ लाख ७४ हजार २३३ पुगेको छ । त्यसमध्ये १७ लाख ३२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६६ हजार ६३१ जनाको मृत्यु भएको छ । २७ लाख ९१ हजार ३२५ जना संक्रमित भएकोमा १९ लाख २० हजार ५३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४०१ जनाको मृत्यु भएको छ । २७ लाख ३२ हजार ९४१ जना संक्रमित भएकोमा १७ लाख ७९ हजार ६७० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १२ हजार ४९९ जनाको ज्यान गएको छ भने ५ लाख ४५ हजार १०८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ६५ हजार ६८३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ७१६ जना संक्रमित भएकोमा ९ हजार १७७ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : २० बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द