ला लिगा : बिल्वाओमाथि सेभिल्लाको जीत « Khabarhub

ला लिगा : बिल्वाओमाथि सेभिल्लाको जीत


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले पूनरागमन जीत निकालेको छ ।

सेभिल्लाले एथ्लेटिक क्लब बिल्वाओमाथि उसकै मैदानमा २–१ को पूनरागमन जीत हात पारेको हो ।

विहीबार राति भएको खेलमा सेभिल्लाको जितमा इभर बनेगा र मुनिर इएल हाडडाडीले गोल गरे । एथ्लेटिकका एन्डर कापाले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २८औं मिनेटमा कापाको गोलबाट घरेलु टोलीले दोस्रो हाफसम्म १–० को अग्रता बनाएको थियो । ६९औं मिनेटमा इभर बनेगाले गोल गर्दे खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७४औं मिनेटमा मुनिरले बनेगाकै पासमा गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा सेभिल्ला विजयी हुन सफल भयो ।

जितसँगै चौथो स्थानमा रहेका सेभिल्लाको ३५ खेलबाट ६३ अंक पुगेको छ । पराजित बिल्वाओ भने ४८ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ०८ बजे

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई

‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’

काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन्

दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

एजेन्सी– इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित

चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा चैते छठको तेस्रो दिन आज मंगलबार अस्ताउँदो सूर्यलाई

सुन्दरताको परिभाषा बदल्दै मनिषा

काठमाडौं— ग्ल्यामरको दुनियाँमा नायिकाहरुलाई सुन्दर देखिन निकै ठूलो दबाब हुन्छ