झुक्किएर २८ वटा कार किनेपछि… « Khabarhub

झुक्किएर २८ वटा कार किनेपछि…


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अहिले धेरै कारोबार अनलाइनबाट हुन थालेको छ । यसले धेरैको दैनिकी सहज बनाएको छ भने प्राविधिक कारणले कुनै कुनै बेला तनाव पनि उत्पन्न हुने गर्छ । यस्तै घटना घटेको छ जर्मनीमा जुन अनलाइन कारोबारसँग सम्बन्धित छ।

सुन्ने र पढ्नेलाई मज्जा लाग्ने र हसाउँने यो समाचार भोग्नेलाई कस्तो भयो होला तपाईं आफैँ अनुमान गर्नुहोस् ।

जर्मनीमा एकजना व्यक्तिले भुलबस अनलाइनमा यसरी क्लिक गरे कि २८ वटा टेस्ला कार खरिदका लागि अर्डर गयो ।

अनलाइनबाट मोडेल थ्री को टेस्ला कार खरिद गर्नका लागि क्लिक गर्ने क्रममा भुलबस २८ वटा कारका लागि उनले अर्डर गर्न पुगे ।

सोसल मिडिया प्लाटर्फम रेडिटबाट सार्वजनिक भएको उक्त घटना अहिले विश्वका धेरै मिडियाहरुमा छाइरहेको छ ।

नहोस् पनि किन १४ लाख युरोका २८ वटा टेस्ला कार एकजना मानिसले एकैचोटी अर्डर गरेको सायद इतिहासमै पहिलो पटक थियो ।

उक्त घटनाको बारेमा उनै व्यक्तिका छोराले रेडिटमा पहिलोपटक लेखेका थिए । टेस्ला कम्पनीको वेबसाइटमा आएको गडबडीका कारण एउटा कार अर्डर गर्दा २८ वटा अर्डर भएको रहेछ ।

वेबसाइटमार्फत खरिद गर्दा कन्फर्म बटनमा क्लिक गर्दा खरिद कार्य सम्पन्न भएको मेसेज आएन । त्यसैले उनले पटक-पटक कन्फर्म बटन क्लिक गरे । त्यसरी खरिद गर्दा २८ पटक क्लिक भएछ जसका कारण उनीबाट २८ वटा कार अर्डर भएछन् ।

एकचोटी अनलाइनबाट खरिद गरिसकेपछि त्यस्ता कारको रकम फिर्ता नदिने नियम छ टेस्लाको । तर ती जर्मन व्यक्तिको हकमा चाहिँ टेस्लाले आफ्नो नियम नै बदलिदियो । उनका २७ वटा कारको अर्डर रद्द मात्र गरिदिएन प्रतिकार २८ सय युरो धरौटी तथा १ सय युरो थप रकमसमेत फिर्ता गरिदियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ४३ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार