खोलामा डुबेर दुई बेपत्ता « Khabarhub

खोलामा डुबेर दुई बेपत्ता


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन् ।

बेपत्ता हुनेमा सोही स्थान बस्ने २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

उनीहरुसँगै गएका १६ वर्षीय सोहनकुमार सोनारले साथी खोलामा डुबेको खबर प्रहरीलाई गरेका थिए । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी र स्थानीयवासीसहितको टोलीले बेपत्ताको खोजी तीव्र पारेको प्रनाउ लामाले जानकारी दिए ।

माछा मार्ने क्रममा शुरुमा प्रवीण अचानक चिप्लेर खोलामा डुबेका थिए । उनलाई बचाउन जाँदा सुधिर पनि डुबेर वेपत्ता भएका हुन् । राति आएको पानीले खोलामा बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : १० बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ