बाढी र डुबानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन « Khabarhub

बाढी र डुबानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- अविरल वर्षापछि नदीमा आएको बाढी र डुबानले क्षति गर्न थालेपछि प्रदेश १ र प्रदेश २ का सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

शुक्रबार आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिएका छन् ।

उनले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राउतले जोखिम न्यूनिकरणका लागि आवश्यक सामग्रीको तत्काल आपूर्ति गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशनसमेत दिए ।

बैठकमा जोखिम न्यूनिकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे मुख्यमन्त्री राउतलाई जानकारी गराइएको थियो ।

प्रदेश १ मा सम्भावित जोखिम न्युनीकरणका लागि पूर्वतयारी अपनाउन जिल्लास्थित विपद व्यावस्थापन समितिलाई निर्देशन दिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

नदी किनारका बस्तीमा हुनसक्ने क्षति प्रति सजग हुन र आवश्यक पूर्वतयारी गर्न पनि निर्देशन दिएको उनले बताए । स्थानीय स्तरमा जोखिमको पूर्वतयारी र सचेतनाका स्थानीय तहहरु सक्रिय हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ३० बजे

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख